तुलसीपुर कार्यपालिकाको वैठक, एम्वुलेन्स सञ्चालन कार्यविधि पारित


तुलसीपुर, वैशाख १९ । तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको ५७ औ वैठकले एम्वुलेन्स सञ्चालन सम्वन्धि कार्यविधि पारित गरेको छ । उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, सुत्केरी र वडाको सिफारिसमा अति विपन्नका लागि छुट दिने उद्देश्यले खरिद गरेका एम्वुलेन्सहरु सञ्चालनका लागि कार्यविधि पारित गरेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले वताए । उपमहानगरपालिकाका ग्रामिण भेगलाई लक्षित गरेर ३ वटा एम्वुलेन्स उपमहानगरपालिकामा आइसकेका छन् । कार्यविधि पारित भएसँगै एम्वुलेन्स सञ्चालनका लागि बाटो खुला भएको छ ।


कार्यपालिकाको वैठकले कक्षा थपका लागि शिक्षा महाशाखाले प्रस्तुत गरेको सूचिलाई पारित गरेको छ । शिक्षा समितिले कक्षा थपका लागि १६ वटा विद्यालय सिफारिस गरेको थियो । यसैविच उपमहानगरपालिकाका १३ विद्यालय स्थगनलाई पनि वैठकले स्वीकृत गरेको छ । वैठकले आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयको ५०० मिटरको दुरीमा रहेका संस्थागत विद्यालयहरुमा कक्षा थपका लागि अनुमति नदिने निर्णय गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले आगामी वर्षबाट निजि विद्यालयलाई दर्ता प्रक्रिया अगाडि नवढाउने निर्णय गरेको छ ।

Blog Post Ad


वैठकले उपमहानगरपालिकाका विभिन्न वडा र उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई गर्नका लागि समिति समेत वनाएको छ । वडामा वैशाख मसान्त भित्र र उपमहानगरपालिकामा जेठको पहिलो हप्ताभित्र सम्पन्न गर्नका लागि लेखा अधिकृत वासुदेव अधिकारी, तथ्यांक अधिकृत केशर वली , शाखा अधिकृत टंक गौतम, प्रेस संयोजक वसन्त आचार्य र सुचना अधिकारी झरेन्द्र खरेल रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

Blog Post Ad

यसैगरी तुलसीपुर अञ्चल प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि शव राख्ने फ्रिजको व्यवस्था गर्नका लागि समेत गरेको छ । वैठकले तुलसीपुरको दीर्घकालिन विकासका लागि रणनीतिक योजना निर्माण गर्न सर्वपक्षिय कार्यशाला जेठ पहिलो हप्ता गर्ने निर्णय गरेको छ ।

वैठकले तुलसीपुर वाहिनी चोकबाट राप्ती विद्या मन्दिरसम्मको मुख्य नाला तत्काल सफा गर्नका लागि वातावरण समितिलाई जिम्मेवारी दिने निर्णय गरेको पनि प्रवक्ता डाँगीले जानकारी दिएका छन् । प्रवक्ता डाँगीका अनुसार समपुरक कोषका लागि श्रीमणी मार्गमा २ करोड ५० लाख र राप्ती शान्ती उद्यानमा वुद्धको मुर्ति निर्माणका लागि ५० लाख सिफारिस गर्ने निर्णय गरेको हो ।

वैठकले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका विभिन्न ठाउँहरुलाई औद्योगिक ग्रामका रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय समेत गरेको छ । औद्योगिक ग्रामका लागि वडा नम्वर १३ को भञ्ज्याङ्ग, वडा नम्वर १६ को जहदागाँउ, वडा नम्वर ३ को रेउले टोल, वडा नम्वर १५ को वेलगनारी लगायतका ठाउँलाई केन्द्रमा सिफारिस गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *