व्यवसायी घर्तिको शव परिवारले अझै बुझेनन

घोराही, १५ मंसिर । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरका परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेनका छैनन् । विहिवार बेलुका हत्या भए लगत्तै एक जनालाई पक्राउ गरे पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेका हुन् ।

Buddha International Hospital


Advertise with us
व्यवसायी घर्तीको हत्या अभियोगमा रोल्पा तालाबाङ घरभई हाल घोराही १३ बासबोटमा घर बनाउदै गरेका अमर खत्री पक्राउ परेका छन् । पीडित परिवार र आफन्तले भने घटनाको प्रकृती हेर्दा एक्लैले मात्रै हत्या नगरेको भन्दै प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।
अनुसन्धानको दायरा बढाएर पीडितलाई आस्वस्त पार्नुपर्ने र दोषिलाई कानुनी दायरामा ल्याउन मृतककी श्रीमती सुमित्रा घर्तीमगरले माग गरेकी छन । अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनु पर्ने पीडित परिवारको माग छ ।

हत्याको कारण रकम लेनदेनको बिषय मात्रै नहुन सक्ने भन्दै उनीहरुले प्रभावकारी अनुसन्धान गर्न प्रहरीको ध्यानआकर्षण गर्दै आएका छन् । उता प्रहरीले भने अहिलेसम्म खत्रीले अपराध स्विकार गरेको बताएका छ ।

अपराधमा खत्री मात्रै अहिलेसम्म संलग्न देखिएको भन्दै थप अनुसन्धानको पाटोलाई पनि अघि बढाएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकासँग सोधपुछ सँगै टेलिफोनको कल डिटेलमा समेत अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका नन्दबहादुर घर्तीको अस्ती बेलुका घोराही १३ दुधेसोतामा हत्या भएको थियो । उनको शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोष्टमार्टम गृहमा राखिएको छ ।