प्रशासनबाट सहज सुविधा, नागरिकहरु हर्सित

देउखुरी,  कात्तिक । विगतमा कार्यालय प्रमुख नआएर नागरिकले निकै सास्ती खेप्नु परेको इलाका प्रशासन कार्यालय लमहीबाट सहज ढंगले सुविधा पाउन थालेपछि नागरिकहरु खुसी भएका छन् । एकबर्ष दुई महिना एता नयाँ कार्यालय प्रमुख आए पछि सेवाग्राहीले सहज ढंगले सुविधा पाउन थालेको बताएका छन् ।


सो कार्यालयमा सेवाग्राहीसंग घुसलिदै गर्दा एकजना नायव सुब्बा त रंगेहात पक्राउ पनि परे भने एकजना कार्यालय प्रमुख विक्रम नेपाली कार्यालय परिसरमै लढेर मृत्युवरण गरे । अमरराज शर्माको ६ महिनाको कार्यकाल पछि हाल १४ महिनासम्मको समयमा देउखुरीका नागरिकहरुले सहज ढंगले सेवा पाएको अनुभूती गरेको बताएका छन् ।

Blog Post Ad


मुस्कान सहितको सेवा, जनउत्तरदायि प्रशासन सरकारको लक्ष्य रहेपनि अधिकांश कार्यालयहरुमा नागरिकहरुले पुर्ण रुपले यस्तो सेवा पाउन सकेको स्थिती छैन । तर लमही स्थित इलाका प्रशासन कार्यालयमा हाकिम फेरिए पछि नागरिकहरुलाई प्रदान गरिने सेवा प्रवाहमा निकै परिवर्तन आएको स्थानीयहरु बताउँछन् ।

Blog Post Ad

चौध महिनाको अवधिमा १३ हजार बढी नागरिकता र करिब सातहजार बढी राहदानी पनि वितरण गरेको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख पे्रम खवासले जानकारी दिए । नागरिकता र राहदानी बनाउने कामसंगै इलाका प्रशासन कार्यालयले ठाडो उजुरी हेर्ने, बजार तथा सरकारी कार्यालयहरुको अनुगमन र नियमन गर्ने, दलि जनजाती लगायतका नागरिकलाई समाबेसी प्रमाणित गर्ने, नावालक परिचय पत्र वितरण र व्यक्तिगत चालचलन प्रमाणित गर्ने लगायतका कामहरु गर्ने गरेको उनले बताए । कुनैपनि सरकारी कार्यालयहरुमा कर्मचारीहरुले सेवाग्राही मैत्री काम गरेनन् र नागरिकलाई सास्ती दिए भने आफुहरुलाई तुरुन्त खबर गर्न उनले स्थानिय नागरिकलाई आग्रह समेत गरे ।

इलाका प्रशासनबाट बंशजको नागरिकता मात्र प्रदान गर्ने व्यवस्था रहेकोले अंगीकृत नागरिकता लिन जिल्ला प्रशासनमा जानुपर्ने उहाँको भनाइ छ । नयाँ कानून आएपछि दोश्रो पति कायम गर्ने मुद्दाहरु बढी आउन थालेको र अहिले सम्म ५६ जनाले दोश्रोपति कायमको प्रमाण लिइसकेको खवासले बताउनु भयो ।

संचार माध्यम र संचारकर्मिले सधै नकारात्मक बिषयहरु मात्र कोट्याउने भन्दा सकारात्मक कामहरुको पनि सुचना संपे्रषण गर्नुपर्ने भन्दै लमही स्थित इलाका प्रशासन कार्यालयमा हाकिम फेरीए पछि नागरिकहरुलाई प्रदान गरिने सेवा प्रवाहमा निकै परिवर्तन भएको स्थानियको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *