भकारमै पुगेर गाईको विमा

घोराही, १० वैशाख । बिहिवार विहान घोराही उप–महानगरपालिका वडा नं.१४ स्थित स्वर्गद्धारी आश्रमको गाइको भकारमा एक हुल मान्छे पुगे । घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी सहित १३ का रविलाल घर्ती, १७ का खुशीराम चौधरी पनि त्यही भेटिए । गाउँका किसान सहित दुई चार जना पत्रकार पनि साथमै थिए । वडा अध्यक्षको टोली विहानै भकार पुगेको देखेरे स्थानीय गाउँलेहरु पनि आश्चार्य मै परे । जब वडा अध्यक्ष शक्तिराम डाँगीले आफुहरु गाईको विमा गर्न आएको बताए तव आश्रममा बसेका पण्डितहरु समेत दङ्ग परे ।

Buddha International Hospital


Advertise with us
आफुहरुले नसोचेको काम वडा कार्यालय गर्दा आफुहरु खुशी भएको पण्डित गोविन्द न्यौपानेले बताए । गाईको विमा गर्नु सबैभन्दा पुण्यकाम भएको बताउँदै न्यौपानेले त्यसका लागि वडा कार्यालय वधाईको पात्र भएको बताए ।


आश्रममा रहेको ६०÷७० वटा गाईको विमा नगर्दा आफुहरुले स्थानीय किसानसंग गाली खानुपरेका उनीहरुका गुनासो थियो । े वताउँदै अब सबै समस्या हल हुने वताउँनुभयो । पशुको विमागर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले घोराही १४ को सार्वजनिक स्थानमा रहेका पशुचौपया नियन्त्रणका लागि पशुविमा कार्यक्रम सुरु गरेको बताए ।


सार्वजनिक स्थलमा किसानले छोड्ने पशुचौपाया स्वयम किसानले नै पाल्ने बानीको विकास गराउँन पशुविमा कार्यक्रम सुरु गरेको अध्यक्ष डाँगीको भनाई छ । वडाका कार्यालयले सम्पुर्ण किसानको पशुचौपायाको विमा गराउँने अभियान संचालन गरेको बताउँदै सबै किसानले आ–आफ्ना पशुचौपाया घरमै पाल्न आग्रह गरे ।

सरकारले पनि पशुविमाका लागि ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको बताउँदै अनिवार्य रुपमा सम्पुर्ण किसानले पशुविमा संचालन गर्न आग्रह गरे । वडा सदस्य गुलामा रशुलको स्वागत मतव्यबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार सन्तोष अधिकारीले गरेका थिए ।

Advertise with us