जेष्ठ नागरिकलाई दिवा सेवा केन्द्र


देउखुरी, १९ वैशाख । राप्ती गाउँपालिकामा पनि जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिएको छ । प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग राप्ती गाउँपालिका वडा नं ८ को समन्वय स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाको संयोजनमा सेवा केन्द्रको स्थापना गरिएको हो ।


Advertise with us
स्वास्थ्य संस्थाका अध्यक्ष प्रकाश बिष्ठको अध्यक्षता एवम वडा नं ८ का अध्यक्ष गोकर्ण बहादुर राना मगरको प्रमुख आथित्यतामा दिवा सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

Buddha International Hospital


जेष्ठ नागरिकहरूलाई दिवा अवस्थामा भेटघाट, गफगाफ, दुख सुख कुरा गर्ने, मनोरञजन गर्ने एवम दिन सहज तवरले बिताउन सहज होस भनी दिवा सेवा केन्द्रको सुरूवात गरिएको बताईएको छ ।


कार्यक्रममा शेरबहादुर गिरी, सुधिरकुमार अधिकारी, तेज बिष्ट, गरिबु चौधरी, मन्जु कार्की, रामनारायण चौधरी, श्रीधर अधिकारी, जेष्ठ नागरिक डण्डपाणी ज्ञवाली, टोल विकास संस्थाकी तारा घिमिरे, वडा सदस्य बिष्णु गुरूङ लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।