टोल विकास संस्थाको लक्ष्य : एक घर एक बिरुवा

Advertise with us

शिवु खनाल

Buddha International Hospital

देउखुरी,१९ बैशाख | रङ्गिचङ्गि, हराभरा र घर आँगनको दैलो अगाडि हरियाली वातावरण बनाउने लक्ष्य । यहि लक्ष्य आत्मसाथ गरि हातमा हसिँया, खुर्पा, बेल्चा लगाएत अन्य सरसफाई गर्ने सामाग्री बोकेर सरसफाई अभियानलाई निरन्तर्ता दिईदै सरसफाईमा फट्को मार्दै गैई रहेको छ दाङको लमही नगरपालिका टाउन प्लाङ्गिक्षेत्र टोल विकास संस्थाले ।

Advertise with us

सरसफाई अभियानको लागि विहान बेलुका नभनि, रातोडाँडामा सरसफाई अभियानलाई अगाडि बढाई रहेको टाउन प्लाङ्गिक्षेत्र टोल विकास संस्थाका अध्यक्ष कृष्ण खनालले बताउनुभयो । सरसफाई अभियानलाई तेरो मेरो नभनि, एक अर्काबिच हातेमालो गरि सरसफाई अभियानलाई तिब्रता दिएका छौ, अध्यक्ष खनालले भन्नुभयो’– टाउन प्लाङ्गिक्षेत्र टोललाई नगरकै सुन्दर र स्वच्छ टोल विकास संस्था बनाउने लक्ष्यका साथ अगाडि बढेका छौ’।

यस्तै सरसफाई अभियानमा लमही नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगिले दाङ जिल्लामै सरसफाईको रुपमा एकमात्रै पहिलो नगरपालिका दाङको लमही नगरपालिका भनेर चिनाउने अभियानमा रहेको बताउनुभयो । लमही नगरपालिकालाई स्वच्छ र हरियाली नगरपालिकाको रुपमा विकसित गरि दाङ जिल्लामै सरसफाईको रुपमा एकमात्रै पहिला नगरपालिकाको रुपमा स्थापना गर्ने डाँगिले बताउनुभयो । हाम्रो लमही नगरपालिका राम्रो लमी नगरपालिका नारालाई टेकेर नगर क्षेत्रका सम्पूर्ण नगरवासीहरुले आ–आफ्नो क्षेत्रमा टोल विकासको नेतृत्वमा सरसफाई अभियान चलाउँन डाँगिले टोल विकास संस्थालाई आग्रह समेत गर्नुभयो ।

सरसफाई अभियान अहिले रातोडाँडा स्थित टाउन एरियामा भैरहेको छ । टाउन प्लानिङ्ग क्षेत्र रातोडाँडा टोल विकास संस्थाको नेतृत्वमा, नगर विकास समितिको सहकार्यमा र लमही नगरपालिकाको सहयोगमा सरसफाई अभियान आयोजना गरिएको टाउन प्लानिङ्ग क्षेत्र रातोडाँडा टोल विकास संस्थाका अध्यक्ष कृष्ण खनालले जानकारी दिनुभयो ।

यस्तै अध्यक्ष खनालका अनुसार सुरु–सुरुमा दैनिकि सरसफाई अभियान चलाईयो । दैनिकि सरसफाई अभियान पश्चात अहिले पुरा सरसफाई भएको छ । घर आँगन पूर्णरुपमा सरसफाई भएपछि अहिले साप्तहिक रुपमा सरसफाई अभियानलाई निरन्तर्ता दिएका छौ,। घर अगाडिका नाला छेउछाउका दुबो, अन्य विविध फोहर, सडक वरपर रहेका भोला, सुर्ति, अन्य फोहर बस्तु लाई पूर्णरुपमा निराकरण गरिएको छ ।

नगरपालिका र नगर विकासले सिफारिस गरे अनुसार एक घर एक हरियालि बनाउने योजना बनाएका छौँ, घर वरपर सरसफाई गर्न सजिलो छ । घर नबनेको खालि प्लटमा सरसफाई गर्न अलि गाह्रो भएको अध्यक्ष खनालले बताउनुभयो । सरसफाई अभियानको निरिक्षण पनि रेगुलर भैराको छ, सरसफाईको माध्यमबाट योग र ध्यान गरौँ, साथै साथै सरसफाई अभियानमा सहभागि हुन सबैमा टोल विकास संस्थाले आह्वान गरेको छ ।।