राजपुरमा महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रणमा

Advertise with us


शिवु खनाल

दाङ,१९ बैशाख | दाङको राजपुरमा महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । दादुरा रुबेला बिरुद्धको खोप २५ सय ४९ बालबालिकालाई लगाइएको हो । राजपुर गाउँपालिका वडा ४ का संकास्पद १० जना बालबालिकामा गरिएको सर्वेक्षाणबाट ८ जनाको रगतमा पोजेटिभ देखिएपछि राजपुर गाउँपालिका अन्तर्गतका सबै वडाहरुका बालबालिकाहरु लाई दादुरा रुबेला बुरुद्धको खोप लगाउने अभियान चलाईएको राजपुर गाउँपालिका स्वास्थ्य संयोजग कमलरोकाएले जानकारी दिनुभयो ।

Buddha International Hospital
Advertise with us

राजपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुरु भएको ३ दिने अभियान अन्तर्गत पहिलो दिन वडा नम्बर ४ फोहोरामा २ सय १७, वडा ४ कै मोतीपुरमा १ सय ९५ बालबालिका लाई खोप दिईएको हो । साथै मंगलवार वडा ४ अन्तर्गतकै दुलैयामा ३ सय १९, रोईनियामा १ सय ९१ र मुङग्रेठामा ७५ जना बालबालिका लाई खोप लगाइएको हो ।

स्वास्थ्य शाखाका अनुसार बुधवार वडा नम्बर ५ मा १ हजार ४८ जना बालबालिका लाई खोप दिईएको र सोही दिन वडा नम्बर ३ अन्तर्गत बसन्तपुरमा ५ सय ४ जनालाई दादुरा रुबेला बिरुद्धको खोप दिईएको छ ।

डब्लु.एच.ओरआई.पि.डि. नेपालगञ्ज, युनिसेफ भैरहवा, परिवार कल्याण महाशाखा काठमाण्डौ, स्वास्थ्य कार्यालय घोराही र राजपुर गाउँपालिकाको सहयोगमा दादुरा रुबेला बिरुद्धको खोप बालबाललिकालार्य लगाइएकोे हो ।महामारी रुपमा दादुरा फैलिनु चिन्ताजनक हो, यहाँका कुनै बालबालिका नछुट्ने गरि हामिले अभियान चलाएको राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायाले जानकारी दिनुभयो ।

राजपुरका बालबालिका अब दादुरा मुक्त भए । ९ महिना देखि १५ बर्ष बिचका बालबालिका लाई खोप प्रदान गरिएको रोकायाले बताए ।