टिपरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते

रुपन्देही, बैशाख  । बुटवल पाखापानीमा बिहीबार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ तामनगरका २० वर्षीया पुष्पा भण्डारी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार भोजप्रसाद पाण्डेले जानकारी दिए । दुर्घटनामा परी पुष्पाका बुबा ४७ वर्षीय घनश्याम भण्डारी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad

Blog Post Ad

बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु१ख ६२३३ नंको टिपरले पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको लु४५प ७२३४ नंको स्कुटरलाई पाखापानीको मनकामना मन्दिर नजिकै ठक्कर दिदाँ सो दुर्घटना भएको थियो । टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *