दाङमा अदुवा र वेसारको विउ अभाव


रीता लामा
घोराही, १८ वैशाख । जिल्लामा प्रधानमन्त्री कृषि आधृनिकिरण परियोजना लागु भएसँगै विभिन्न स्थानलाई ब्लक, पकेट, जोन र सुपरजोन बनाउने कार्यक्रम संचालन भैरहेको छ ।

Advertise with us


सोही बमोजिम यस बर्ष देखि कृषि ज्ञान केन्द्र दाङले नमुनाको रुपमा घोराहीको एउटा वडालाई अदुवा र वेसारको पकेट क्षेत्र बनाउदै छ । हिजोआज अदुवा र वेसार रोप्ने समय पनि सुरु भएको छ । तर जिल्लामा यसको विउ नपाउदा समस्या भएको छ ।

Buddha International Hospital


कृषि ज्ञान केन्द्रका प्रसार प्रसार अधिकृत भरत पोखरेलका अनुसार यस बर्ष देखि घोराही उपमहानगरपालिका वडा नम्वर १९ सैघालाई अदुवा र बेसार खेतीको पकेट क्षेत्र बनाइदै छ । १० हेक्टर भन्दा बढी जग्गामा एकै पटक पटक एउटै बालिमा गरिने खेतिलाई पकेट भनिन्छ । सोही बमोजिम बेसार र अदुवा खेतिको लागि ज्ञान कन्द्रले अनुदानको रकम समेत विनियोजन गरेको छ ।

तर विउ नपाउदा पकेट क्षेत्रमा जोडिन आएका किसान र ज्ञान केन्द्र दुवैलाई समस्या भएको छ । ‘विउको लागि धेरै ठाँउमा खोज्ने प्रयास गरियो तर पाइएको छैन ।’ केन्द्रका प्रसार अधिकृत पोखरेलले भने ‘विउको लागि रोल्पा, रुकुम, सल्यान, प्युठान, पाल्पा देखि गुल्मीसम्म खोजिसक्यौ तर भने जति पाइएको छैन ।’ पाइएको विउ पनि प्रति केजी १५० देखि १७०सम्म भन्ने गरेका छन ।  विउको मुल्य पनि सारै महंगो हुदाँ किसानलाई खेति गर्न भन्नै अप्ठेरो भएको उनले बताए ।

ज्ञान केन्द्रले यस बर्ष वडा सैघामा गरिन लागेको बेसार र अदुवा पकेट क्षेत्रको लागि पाँच लाख रुपैयाँ अनुदानको व्यवस्था समेत गरेको छ ।
अहिले सैघाको भुत खोला कृषि सहकारी संस्थाले अदुवा खेतिको जिम्मेवारी लिएको छ भने चर्तुमुखि महिला कृषि सहकारी संस्थाले बेसार खेतिको जिम्मा लिएको छ ।


यस बर्ष ज्ञान केन्द्रले च्याउको पनि पकेट क्षेत्र बनाउदै छ । घोराहीको वडा नम्वर १७मा रहेको गहुमुखि च्याउ उद्योगले बार्षिक तीन टन च्याउ उत्पादन गर्ने गरि च्याउको पकेट क्षेत्र बनाउदै छ । च्याउ खेतिको लागि एक हजार केजी विउ खपत गर्ने क्षेत्रलाई च्याउको पकेट क्षेत्र मानिन्छ । यसको लागि पनि ज्ञान केन्द्रले पाँच लाख रुपैया अनुदान दिने तयारी गरेको छ । अहिले दाङमा च्याउको मात्रै ६० वटा पकेट क्षेत्र संचालनमा छन । पुराना पकेट क्षेत्रलाई भने बार्षिक साढे दुइलाख रुपैया केन्द्रले सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।