हामी खुल्न चाहन्छौ, रोजगार दिनुहोस् ः एचआइभी संक्रमित

सन्दर्भ : एड्स दिवस


तुलसीपुर उपमहानगरपालिकाकी भगवति पुरीले खुलेर समाजमा एचआइभी संक्रमितको परिचय दिइरहेकी छिन् । खुलेर लाग्दा उनलाई केही समस्या भएपनि अरुलाई पनि यस्तै खुल्ने प्रेरणा मिलोस् भनेर लागेकी हुन् ।

Buddha International Hospital
Advertise with us

‘समाजमा अहिले पनि एचआइभी संक्रमितहरुलाई गर्ने व्यवहार राम्रो छैन कसरी खुल्छन् छ ’ भगवतिले प्रश्न गरिन् । संक्रमितहरुलाई कसैले पनि रोजगारीमा राख्ने नगरेको वताउँदै पुरीले स्थानीय सरकारसँग रोजगारको माग गरिन् । ‘१० वर्षदेखि औषधि खाइरहेकी छु सबैले हेला गर्छन् मैले के गरेर ज्यान पाल्ने’ पुरीले भनिन् ।


त्यस्तै समस्या भोगेकी छिन् तुलसीपुरकै हुमा वलीले पनि । संक्रमित भएको थाहा पाएपछि उनलाई कसैले काम पनि दिएको छैन । ‘रोगको पिडा एकातिर समाजको पिडा अर्कोतिर कसरी वाँच्न सकिन्छ’ उनले दुखेसो पोखिन् ।


तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले ३१ औ विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो दुखेको पोखेका हुन् । ‘एचआइभीको जाँच गराउँ आफ्नो अवस्था थाहा पाउँ’ भन्ने मुल नारामा साथमा आयोजना गरिएको कार्यक्रममा वोल्दै प्रमुख अतिथि नगरप्रमुख घनश्याम पाण्डेले एचआइभी संक्रमितहरुलाई हेर्ने सामाजिक दृष्टिकोण वदल्न आवश्यक रहेको वताए ।

उनले सबैले बेलाबेलामा रक्त परिक्षण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै सुरक्षित यौन सम्वन्ध राखे यसबाट वच्न सकिने वताए । ‘लागुऔषध सेवनबाट पनि यस्तो संक्रमण हुने भएकाले यसबाट पनि वच्नुपर्दछ’ पाण्डेले भने । उनले स्वास्थ्यकर्मीले इन्जेक्सन प्रयोगमा पनि ध्यान दिनुपर्ने वताए ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले एचआइभीका लागि निशुल्क औषधिको व्यवस्था गरिएको वताउँदै संक्रमित हुँदैमा डराउनु पर्ने अवस्था नरहेको वताए । आनीवानी सुधारेमा यसबाट वच्न सकिने उनको कथन थियो । ‘एड्सबाट वच्न कण्डम प्रयोग गरौ’ ‘सुरक्षित यौन सम्वन्ध राखौ’ लगायतका प्लेकार्ड वोकेर वजार समेत परिक्रमा गरिएको थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य महाशाखा उपसंयोजक वसन्त आचार्यले गरेका थिए ।

Advertise with us