‘मानसिक हिंसाप्रति हेल्चेक्रयाई’

Advertise with us


रीता लामा
घोराही, १८ वैशाख । तुलसीपुरकी एक महिलाले १५ बर्षसम्म हिंसा सहनुभयो । पढेलेखेको शिक्षित पति र पुरातन सोच भएकी सासुले उहाँलाई दिनरात दुख दिए । १४ बर्ष कै उमेरमा आफुभन्दा दोब्बर बढी उमेरको पुरुषसँग जवरजस्ती अनमेल विवाह गर्नुभएकी उहाँले विवाह भए देखि नै हिंसाको सिकार बन्नुप¥यो । ‘यति धेरै हिंसा भयोकी कुनै समय मर्ने तयारीमा समेत पुगेको थिए ।’ उहाँले पुरानो कुरा सुनाउनुभयो ।

Advertise with us


जीवन देखि हार खाइसकेको अवस्थामा उहाँले एउटा समुहको सम्पर्कमा आइपुग्नुभयो । र त्यही समुहमा महिला हिंसा विरुद्धका दुइचार वटा कुरा सिक्ने अवसर पाउनुभयो । ‘समुहमा बस्दा मानसिक परामर्श पाए । घरेलु हिंसाको विषयमा बुझे र दुइचार वटा कुरा बोल्न सिके । त्यस पछि त्यो कुरा परिवारलाई बुझाउन तिर लागे ।’ समुहमा लागे पछि आफुले जानेको कुरा परिवारलाई बुझाउन थालेको उहाँले बताउनुभयो । अनि सासुलाई पनि समुहमा ल्याउनुभयो । त्यस पछि उहाँको दैनिकी फेरीयो । जीवनले नयाँ मोड लियो । भन्नुहुन्छ ‘हरेक महिलालाई मानसिक परामर्शको खाँचो छ । महिलाहरु घर भित्र कुनै न कुनै प्रकारको मानसिक हिंसामा छन ।’

Buddha International Hospital


यस्तै घोराही बजारकी मुस्लिम परिवारकी एक महिलालाई पतिले सम्बन्ध विच्छेदको लागि दवाव दिए । विभिन्न वाहानामा उहाँ माथि यातना भयो । यातना सहन नसके पछि उहाँले दुइतले घरबाट हाम फाल्नुभयो । उहाँले मर्ने प्रयास गरेसँगै अझै धेरै हिंसा सुरु भयो । उहाँलाई मानसिक सन्तुलनमा असर पुग्ने खालका विभिन्न औषधी खुवाइयो । पछि ती महिलालाई सिसा संस्थाको सम्पर्कमा आइसके पछि उहाँले आफ्नो बास्तविकता त्यहाँ सुनाउनुभयो । मानसिक परामर्श लिनुभयो र नयाँ जीवन पाएको अनुभुत गर्नुभयो । अहिले उहाँले त्यही संस्थामा रहेर काम गरिरहनुभएको छ ।


लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी मुस्लिम समुदायकी महिला साजिदा सिद्धिकी पनि आफु हरेक क्षण मानसिक हिंसासँग लड्दै यहाँसम्म आइपुगेको बताउनुहुन्छ । तर पनि उहाँले महिलाहरुले आफ्नो पिडाहरु खुलस्त रुपमा आफन्तलाई सुनाउनुपर्ने धारणा राख्नुहुन्छ । ‘हिंसा भयो भन्दैमा सहेर बस्नु हुदैन, विश्वासिलो मान्छेलाई भन्नु पर्छ, बढी भए कानुनी उपचार पनि खोज्नुपर्छ ।’ उहाँको अनुभवमा पनि समाजमा हरके महिलाहरुले कतै न कतैबाट मानसिक समस्या भोग्दै आएका छन ।


विधुवा महिला सरोकार केन्द्रकी अध्यक्ष हुमा डिसीले पनि आफुसँग धेरै मानसिक हिंसाको कथाव्यथा रहेको बताउनुभयो । सुरुमा पति गुमाउदा र घरबाट निस्केर समाजिक काममा लाग्दा आफुले धेरै प्रकारको मानसिक हिंसा, गाली वेइज्जती सहनुपरेको बताउनुहुन्छ । समाजमा महिलाहरुलाई पनि सबैको साथ, सहयोग, माया एवम आत्मसम्मानको खाचो रहेको उहाँको धारणा छ ।

महिला परिवार स्वास्थ्य क्लीनिककी स्टाफ नर्स राधा पौडेल पनि घरपरिवार, समाज देखि अदालत, प्रहरी, अस्पतालसम्म, सबै तिर हिंसामा परेका महिलाहरुको शारीरीक चोट मात्रै हेर्ने गरिएको बताउनुहुन्छ । महिलाहरु के कस्ता खालको मानसिक हिंसामा छन भन्ने बारेमा कसैले पनि चासो नदिएको उहाँको अनुभव छ ।

महिलाहरुलाई मनोपरामर्श दिदै आउनुभएकी मनोपरामर्शकर्ता सुसिला आचार्य घरमा हुने साना तिना समस्यामा पनि महिलालाई दोष दिने, विशेषगरि बुहारी माथिको व्यवहार अझै हेपाहा रहेको बताउनुहुन्छ । छोरी र बुहारी माथिको व्यवहारीक भिन्नता, स्वरोजगार हुन नदिनु, आर्थिक रुपमा कमजोर महिलाहरु मानसिक हिंसामा परेको उहाँ बताउनुहुन्छ । ‘जागिर गरे पनि घरको काम सबै महिलाको हो । त्यसमाथि बुहारीले सबै गर्नपर्छ, सबैको सेवा गर्नुपर्छ भन्ने सोच अझै समाजमा कम हुन सकेको छैन ।’ उहाँ भन्नुहुन्छ ‘जवसम्म महिला माथि हुने हिंसाको बारेमा पुरुष वा उनीहरुका सासुससुरा र परिवारका अन्य सदस्य सचेत हुदैनन तवसम्म हिंसा घट्दैन ।’

उहाँको अनुभवमा पुरुष र अन्य सदस्यलाई नै विशेष परामर्श गर्नुपर्छ । लामो समय देखि महिला हिंसा विरुद्धको कार्यक्रम गर्दै आइरहेको ओरेकले अहिले हिंसा पीडित महिलाहरुलाई गाँस, बासको व्यवस्थासँगसँगै मनोसामाजिक परामर्श दिने काम पनि गरिरहेको छ । ओरेककी कार्यक्रम संयोजक इश्वरी थापा महिनामा कम्तीमा पनि १० देखि १५ जना हिंसा पीडित महिलाहरु संस्थाको संरक्षणमा आउने गरेको बताउनुहुन्छ । संस्थाको सम्पर्कमा आएका महिलाहरुलाई मनोपरामर्शकर्ताको सहयोगमा परामर्श दिने गरेको उहाँले बताउनुभयो ।

त्यसमा पनि हिंसा पीडित महिलाका पति र अन्य सदस्यहरुलाई मनोशिक्षा, पारिवारिक शिक्षा दिइरहेको उहाँले बताउनुभयो । सन २०१८मा मात्रै १५६ जना मानसिक हिंसामा परेर घरबाट निस्किन बाध्य महिलाहरुलाई परामर्श र गाँसबासको सहयोग गरेको ओरेकले जनाएको छ ।