मजदुरको पक्षमा काम नगर्ने सरकार कम्युनिस्ट सरकार हुन सक्दैन…

Advertise with us

दाङ, बैशाख १८ | मजदुर किसानको पक्षमा काम नगर्ने सरकार कम्युनिस्ट सरकार हुन नसक्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छ्न । कम्युनिस्ट पार्टीको नाममा हसिया हतौडाका राता झण्डा फरफराय पनि बिचार र कार्यक्रममा दलाल पुजिबाद छ । यसले मजदुर को हित गर्न सक्दैन ।

Buddha International Hospital

Advertise with us

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक र अखिल छैठौं दाङको आयोजनामा १३० औ अन्तरास्ट्रिय मजदुर दिबस र बिद्यार्थी आन्दोलनका सहिद मित्रमणी आचार्य स्मृति दिबस कार्यक्रमका बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।

मजदुर संगठनका अध्यक्ष हरि थापाको अध्यक्षतामा घोराहीमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल युबक संघ का केन्द्रिय सल्लाहकार कासिनाथ पोख्रेल , अखिल नेपाल बुद्धिजीवी संघ का पुर्ब केन्द्रिय महासचिव ससिधर भण्डारी , जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष टीका बि क , अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर जि एम अखिल नेपाल किसान महासंघ का जिल्ला अध्यक्ष मिनु सुबेदि, अखिल छैठौका केन्द्रिय सदस्य खगेन्द्रा बिस्ट,अखिल नेपाल युबक संघ का जिल्ला सदस्य डोर बहादुर के सि, अखिल छैठौ जिल्ला सचिबालय सदस्य लक्ष्मण बि क , अखिल नेपाल महिला संघ जिल्ला सदस्य बसन्ता भट्टराई लगायत ले मन्तब्य राख्नु भएको थियोे ।

मजदुर संगठनका जिल्ला सदस्य भिमकान्त पन्थिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को संचालन जिल्ला सचिब तुल्सिराम पन्थिले गर्नु भएको थियोे |