‘पीडाबाट जन्मिएको गोर्खा ग्रुपले शिक्षा सहित कृषि र पर्यटनमा पनि काम गर्दैछ’

मानबहादुर बुढा

Buddha International Hospital

अध्यक्ष, गोर्खा  प्राली

Advertise with us

दाङ सहित राप्तीका लाहुरेहरुले सञ्चालन गरेको गोर्खा ईन्टरनेशनल सेकेण्डरी स्कूल जिल्लाकै चर्चित नीजि स्कूलहरु मध्य पर्छ । शिक्षाको आवस्यकता महसुस गर्दै लाहुरेहरुले घोराही सहित तुलसीपुर र लमहीमा पनि स्कूल सञ्चालन गरे । स्कूल मात्र नभई घोराही, तुलसीपुर र लमहीमा कलेज पनि सञ्चालनमा छ भने घोराहीमा गोर्खा हस्पिटल पनि सञ्चालन भैरहेको छ । यी सम्पूर्ण निकायहरुको छाता संगठनको रुपमा गत वर्ष मात्रै गोर्खा ग्रुप प्राली निर्माण भएर थप कार्यक्रमहरु सञ्चालन गर्दैछ । गोर्खा गु्रपले वैशाख १९ गते विहिबारदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । गोर्खा ग्रुपका शेयर होल्डर सहित विभिन्न ब्यक्तिहरु सहभागी हुने ‘गोर्खा ग्रायण्ड एसेम्बली २०१९’ र गोर्खा गु्रपको बारेमा अध्यक्ष मानबहादुर बुढासँग गरिएको कुराकानी :

विहिबारदेखि ‘गोर्खा ग्रायण्ड एसेम्बली २०१९’ नाम दिएर सप्ताहब्यापी कार्यक्रम गर्दै हुनुहुन्छ ? यो कस्तो प्रकारको कार्यक्रम हो ?
गोर्खाली लाहुरेहरुले २०५५ सालमा स्थापना गरेको घोराहीको गोर्खा बोर्डिङ स्कुलले धेरै अभिभावकहरुको मन जित्यो । अभिभावकहरुकै अनुरोध र आग्रहमा हामीले तुलसीपुर र लमहीमा समेत विद्यालयहरु सञ्चालन ग¥यौँ । विद्यालय मात्र हैन, अहिले घोराही, तुलसीपुर र लमहीमा कलेजहरु पनि सञ्चालन भैरहेको छ । पहिले हामी सानो परिवार थियौँ, अहिले बढेर धेरै ठुलो परिवार हुन थालेपनि प्राली बनाउनुपर्ने महसुस भयो । गत वर्ष मात्रै हामीले ९५ जनाको सहभागीतामा गोर्खा ग्रुप प्राली बनायौँ । यतिका संरचनाहरु छन् । कस्ले कहाँ कुन जिम्मेवारी लिएर काम गरिरहेको छ भन्ने थामा नहुँन पनि सक्छ, पहिलो कुरा त परिचय होस् भन्ने हो । त्यसको लागि बाहिरबाट अधिकांश साथीहरु आउनु हुन्छ । दोस्रो कुरा गोर्खा ग्रुपले सञ्चालन गरेका शैक्षिक गतिविधिहरुको समिक्षा हो । र भोलीका दिनहरुमा के गर्न सकिन्छ भन्ने योजनाका लागि ‘गोर्खा ग्रायण्ड एसेम्बली २०१९’ गर्दैछौँ ।

SAMSUNG CAMERA PICTURES

‘गोर्खा ग्रायण्ड एसेम्बली २०१९’मा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । के के गर्दै हुनुहुन्छ ?
सप्ताहब्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन कार्यक्रम छ । तुलसीपुरमा रहेको गोर्खा बार्डिङ स्कूलमा विहिबार दिउँसो २ बजे उद्घाटन हुनेछ । पोखरा विश्वविद्यालयका पुर्वउपकुलपति प्रा.डा. केशरजंग बरालले उद्घाटन गर्ने कार्यक्रम छ । त्यहि दिन लामो समय देखि गोर्खा कपको पनि उद्घाटन गर्ने कार्यक्रम छ । २० गते घोराहीको गोर्खा स्कुलको प्राङगणमा ११ बजे अभिभावक भेलाको आयोजना गरिएको छ । कार्यक्रममा सबै अभिभावकहरु आउनुहुनेछ । २१ गते दिन विहान १० बजे लमहीमा स्कुलको उद्घाटन कार्यक्रम छ । गोर्खा मोडेल सेकेण्डरी स्कुलको स्थापना गरेका छौँ । प्रा.डा. बरालले उद्घाटन गर्नुहुनेछ । २२ गते घोराहीको माला ईन होटलमा साधारणसभा कार्यक्रम छ । विहान ९ बजे कार्यक्रम हुनेछ । २३ गते घोराहीको भिक्टोरिका ईन्टरनेशनल कलेजको १० औँ बार्षिकोत्सव कार्यक्रम भिग्रेली भिलेज रिसोर्टमा हुनेछ । त्यो कार्यक्रमको प्रमुख अतिथी सकारात्मक सोँच अभियान सञ्चालन गर्दै आउनु भएका प्रसिद्ध ब्यक्ति कर्ण शाक्य रहनु भएको छ । २४ गतेको अन्तिम दिन तुलसीपुरको गोर्खा स्कुलमा समापन कार्यक्रम रहेको छ । भने गोर्खा कपको पनि पुरस्कार वितरण र समापन कार्यक्रम छ ।

तपाईहरुको यो कार्यक्रमले खास गरी दाङ र सिंगो राप्तीका लागि के फाईदा हुनेछ ?
हामी भनेको पीडित समुदाय हो । लाहुरे हौँ । हामीले विगत जस्तो भोगेपनि अबको भविष्य निर्माणमा राज्यलाई सहयोग कसरी गर्न सक्छौँ भनेर नै पहिलो योजना शिक्षालाई बनाएका हौँ । म लगाएत राप्तीका ९५ जना ब्यक्तिहरु मिलेर यो काम गर्दै आएका छौँ । हामीलाई सहयोग गर्ने सयौँ कर्मचारीहरु छन् । अहिलेको समय घरका दुई भाई नमिलेर छुट्टा छुटुटै बस्दै आएको समयमा हामी ९५ जना मिलेर गरेको यो कामले समाजमा एकताको सन्देश जान्छ भन्ने लागेको छ । एकतामा बल हुन्छ भने जस्तै एकताबाट विकास र समृद्धि हाँसिल गर्न सकिन्छ ।

धेरै लाहुरे साथीहरुले विभिन्न देशमा पुगेर कमाउनु भएको छ, अनुभव गर्नुभएको छ । उहाँहरुले दाङ र राप्तीमा लगानी गरेर विकास गर्न सकिन्छ भन्ने उहाँहरुलाई जानकारी हुन्छ । एकतातिर एकता र अर्को तिर समृद्धिको बाटोमा अगाडि बढ्नको लागि प्रेरणा हुनेछ । यहाँ बस्ने मानिसहरु सँग पनि लगानी गर्न सक्ने क्षमता त छ । लाहुरेहरु मिलेर सानो सानो पुँजी संकलन गरेर ठुलो लगानी गर्न सकिने रहेछ भन्ने सन्देश नै राप्तीको लागि महत्वपुर्ण फाईदाको विषय हो ।

SAMSUNG CAMERA PICTURES

गोर्खा ग्रुपले अहिलेसम्म शिक्षाका लागि काम गरेको छ । र सफलता हासिल पनि गरेको छ । यो सफलता पछाडि दर्शन, सिद्धान्त वा सुत्र के हो ?
यो अभियान हाम्रो पीडाबाट उत्पन्न भएको हो । भोको मान्छेलाई एउटा पाउरोटीको जति महत्व हुन्छ, त्यति अघाएको मान्छेलाई हुँदैन । हामी पहाडबाट झरेको, गरिव गुरुवा, जनजाति, पछाडी परेको समुदायको अभियान हो । र त्यस्तै ब्यक्तिलाई घरआँगनमा चाहिएको हो शिक्षा । हैन भने अरुले त भारतको देहरादुन र अन्य देशमा गएर पढ्न सक्छन् नी । भन्नेहरुले भन्छन् यो स्कुल महंगो छ । वास्तबमा हामीले विद्यार्थीलाई जति दिएका छौँ, त्यति लिएका छैनौँ ।
अर्को कुरा पढाउने भन्दैमा परिक्षाफलको अंकलाई आधार मानेर पढाउने हैन । त्यो विद्यार्थीको जीवनमा आबस्यक पर्ने विषयहरु के के हुन ? त्यो विद्यार्थीहरुलाई दिने हो । विद्यार्थीमा भएको प्रतिभा र क्षमताको पहिचान गर्ने हो । हाम्रा विद्यार्थीहरु विक्ने विद्यार्थीहरु हुन् । जुन विषय पढेका छन्, त्यो क्षेत्रमा उनिहरुले अहिले राम्रो काम गरेका छन् ।
अहिलेका युवाहरु, विद्यार्थीहरु विकृतिमा लागिरहेका छन । हाम्रो शिक्षा विद्यार्थीहरुलाई मात्र सुधार गर्ने होईन । समाजलाई नै कसरी राम्रो बनाउने भन्ने हो । अहिले लागु औषध दुब्र्यसनको ठुलो भयावहपुर्ण जोखिम छ । हामीले हाम्रै विद्यालयबाट लागु औषध दुब्र्यसन विरुद्धको अभियान सुरु गरेका छौँ । प्रदेश भर त्यो अभियान पुगेको छ । बसन्त पुनले त्यो अभियानको नेतृत्व गरीरहनु भएको छ ।

SAMSUNG CAMERA PICTURES

गोर्खा ग्रुपले अहिलेसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नु भएको छ र सेवा दिदै आउनु भएको छ । अब कृषि, पर्यटन र होटल क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ भन्ने सुन्नमा आएको छ । के योजना छ ?
अहिलेको शिक्षा व्यवहारिक भएन भनेर ठुलो गुनासो छ । विद्यार्थीहरुलाई पढाएर मात्र भएन । पढेको कुरा लागु हुनु परेन ? काम गर्ने ठाउँ बनाउने कस्ले ? सरकारले मात्र त सबै सक्दैन । नीजि क्षेत्रबाट पनि हामीले पढाएका विद्यार्थीहरुलाई हामीले नै रोजगार दिनु पर्छ, उत्पादन र सेवालाई जोड दिनुपर्छ भन्ने सोँच बनेको छ । त्यसैले हामीले पढेका विद्यार्थीहरु विज्ञान र प्रविधि अनुसार उत्पादनका लागि काम गर्ने छन् । त्यसैले कृषि, होटल र पर्यटनको क्षेत्रमा काम गर्ने हो ।
त्यो उत्पादन सिंगो देश र विदेशसम्म पुग्ने गरी काम हुन्छ । यो साधारण सभाले भोलीका दिनहरुमा कसरी अगाडी जाने भन्ने विषयमा छलफल हुनेछ । र मलाई विश्वास छ, राम्रो निर्णय हुनेछ ।

अन्त्यमा केहि भन्न चाहनु हुन्छ कि ?
हामी सकारात्मक सोँच बोकेर हिडेका छौँ । गोर्खा ग्रुपको सम्पुर्ण निचोड भनेको देशको समृद्धि नै हो । जहाँबाट सकिन्छ, विकास र समृद्धिको लागि काम गर्ने हो । सकारात्मक सोँचले काम गर्ने हो भने परिवर्तन गर्न सकिन्छ । हाम्रो कुराहरु आम सर्वसाधारण समक्ष अबसर दिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यबाद छ ।

SAMSUNG CAMERA PICTURES