समान कामको असमान ज्याला कायमै

विश्व श्रमिक दिवस

Advertise with us

जीतसागर जी.एम./
तुलसीपुुर, १८ बैशाख/
मंगलबार दिउँसो करिब १ बजेतिर टन्टलापुर घाममा तुलसीपुर उपमहानगरपालिका—१२ रझेनीकी २८ वर्षिय आशा चौधरी तुलसीपुरमा घर बनाउने काममा पुरुषसंगै काम गर्दै थिईन् । घर बनाउन लागि २÷३ जना पुरुषसंग उनी जस्तै अरु महिलाले सहयोगीको रुपमा काम गर्दै आएका छन् । बालुवा र सिमेन्ट घोल्ने, मसला बनाउने काम गर्दै आएकी आशाले दैनिक ५ सय कमाउँछीन् तर उनी जस्तै काम गर्ने पुरुषले भने ६ सय दैनिकमा कमाउने गरेका छन् । ‘मिस्त्री कामबाहेक सबै काम गर्छु मसंगै म जस्तै समान काम गर्ने पुरुषले ६ सय कमाउनुहुन्छ तर मैले उस्तै कामको ज्याला महिला भएकै कारण दैनिक १ सय रुपैँया कम हुने गरेको छ’ उनले भनिन्— महिलाले काम गरेपनि विश्वास गर्ने गरिँदैन् , पुरुषले भने जस्तो काम गरेपनि ज्याला बढी नै हुने गरेको छ ।

Advertise with us

आशा संगै काम गर्ने तुलसीपुर—१२ कै २८ वर्षिय सीता चौधरीको पनि समस्या उस्तै छ । सीताले पनि पुरुषले गर्ने जस्तै मिस्त्री बाहेक अरु काम गर्छिन् । सीतासंगै काम गर्ने पुरुषले पनि उहि काम गर्छन् । सीताले पुरुषसंगै पुरुषजस्तै समान काम गरेपनि ज्याला भने समान पाउन सकेकी छैनन् । उनी भन्छीन्—मिस्त्री काम गर्ने पुरुष बराबर दैनिक ज्याला पाउनुपर्छ भनेका छैनौँ तर अरु काम गर्ने अर्थात मेरो जस्तै काम गर्ने पुरुषको ज्याला र मेरो ज्याला किन फरक छ ? महिला भएकै कारण मैले पनि ज्याला कम पाउने गरेको छुु ।

Buddha International Hospital

समान कामको असमान ज्याला पाउने आशा र सीता त प्रतिनीधिमुलक पात्र मात्रै हुन । महिला पुरुषमा समान भनेर जति भाषणमा गरिन्छ त्यति व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन् । एक त काम गर्ने श्रमिककोे न्युनतम ज्याला कायम हुन सकिरहेको छैन् ,अर्कोतर्फ महिला पुरुषमा समान काममा पनि समान ज्याल कायम हुन सकिरहेको छैन् ।

ज्यालामा असमान, कम विश्वास लगायतका समस्या महिला श्रमिकले भोग्नु परिरहेको छ । श्रमिकको हकहितका लागि विभिन्न संगठन निर्माण भएका छन् तर ति संघ,संगठन राजनीति गर्ने थलोको रुपमा विकास हुने गरेका छन् । पुरुषको तुलनामा महिला पनि पछिल्लो समयमा विभिन्न श्रममा जोडिन थालेका छन् तर पनि महिला पुरुष बिचको विभेद कायमै हुँदा पुरुष सरह समान कामको समान ज्याला पाउन नसकेको महिला अधिकारकर्मी शुष्मा गिरीले बताईन । अब महिलाले पनि पुरुष बराबर ज्याला पाउनुपर्छ —उनले भनिन् ।

थाहा छैन् श्रमिक दिवस
तुलसीपुर उपमहानगरपालिका—६ गाईडरका चित्रबहादुर बस्नेतलाई श्रमिक दिवस भनेको के हो केहि थाहा छैन् । उमेरले सात दशक लाग्दै गरेका बस्नेतले लामो समय घर बनाउने काम गरिरहेका छन् तर श्रमिक दिवस कहिले आँउँछ, कहिले जान्छ कुनै अत्तोपत्तो हुँदैन् । उनी भन्छन्— खै ठुलाबडाहरुले मनाउने तिहार होेला त्यो मलाई त कहिले थाहा पाको थिएन् , बावुले भनेपछि थाहा पाए । टन्टलपुर घाममा पनि काममा व्यस्त रहेका बस्नेतले भने —हामीले ठुला—ठुला महल उठाउँछौँ तर हाम्रो जीबन उस्तै छ । १६÷१७ वर्षदेखि काम गरिरहेको छु अबको करिब १ वर्षपछि वृद्धभत्ता खानेबेला हुँदैछ तर पनि निरन्तर श्रममै छु , बाध्यता छ बावु नगरि हुँदैन् । यस्तै अर्का लालबहादुर चौधरी पनि उमेर पाँच दशक पुरा गरेका छन् । उनि पनि हामीले भेट्दा काममै थिए । उनले पनि श्रमिक दिवसको बारेमा आफुलाई केहि थाहा नभएको बताए । ‘मलाई थाहा छैन् खै के हो श्रमिक दिवस , हामी त काम गर्ने मान्छे केहि थाहा हुँदैन्बावु ।

विश्व श्रमिक दिवस

आज विश्व श्रमिक दिवस, हरेक वर्ष मे १ तारिखका दिन विश्व श्रमिक दिवस मनाईन्छ । करिब १७ औँ शताब्दीमा मजदुरहरुको संघर्षले यो अधिकार प्राप्त गरेपछि सन् १८९० देखि मे १ मा यो दिवस मनाउन थालिएको हो । आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईरहदा अझै पनि मजदुरका समस्या उस्तै छन् । श्रमिकको सहयोगले महल उठछन् तर श्रमिकहरुको जीवन उठ्न सकिरहेको छ्र्रैन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन हुनुपर्ने भनिएपनि व्यवहारमा कार्यान्वयन हुन सकिरहेको छैन् ।

श्रमिक दिवसको अवसरमा सरकारले पनि सार्वजनिक बिदा दिएको हुन्छ तर अधिकांश श्रमिकहरु श्रमिक दिवसको दिन एक दिन पनि काम गर्न बाध्य छन् । श्रमिकहरुको न्युनतम ज्याला सरकारले १३ हजार ४ सय ५० कायम गरेको छ तर कार्यान्वयनमा भने आउन सकिरहेको छैन् । रोजगारदाताहरु श्रमिकलाई सन्तुष्ट पार्न सकिरहेका छैनन् । सरकारले पछिल्लो समय श्रमिकको हक हितका लागि सामाजिक सुरक्षा कोषको योजना अघि सारेको छ तर व्यवहारमा कार्यान्वयन हुने÷नहुनेमा शंका छ ।