घोराही उपमहानगरको न्यायिक समितिमा १३६ मुद्धा दर्ता, ५० मुद्धा मिलापत्र


घोराही, १७ वैशाख | घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक बर्षमा १ सय ३६ वटा उजुरीहरु आएको र ति मध्य ५० वटाको मिलापत्र भएको जानकारी दिएको छ ।

Buddha International Hospital
Advertise with us

न्यायिक समितिले आज पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षको दोस्रो चौमासीक प्रगतिका बारेमा जानकारी दिदै विभिन्न प्रकृतिका १ सय ३६ निबेदन दर्ता भएकोमा ५० वटा मिलापत्र भएको र ८६ वटा प्रकृयामै रहेको जानकारी दिएको हो ।

नगरका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेले सबै भन्दा धेरै घरेलु हिंसाका मुद्धाहरु दर्ता भएको र वितेको ९ महिनामा ४३ घरेलु हिंसाका मुद्धा मध्य १८ वटा मुद्धाको मिलापत्र भएको जानकारी दिनुभयो ।

त्यसैगरी, जग्गा विबादका ४२ मुद्धा दर्ता भएकोमा १७ वटा बिबाद समाधान भएको उहाँको भनाई छ । न्यायिक समितिमा लेनदेनका २१ मुद्धा दर्ता भएकोमा ३ वटा मिलापत्र भएको, कुलोपानीका ४ वटा मुद्धा मध्य एउटा बिबाद समाधान भएको छ ।

घरभाडा सम्बन्धी २ वटा निबेदन आएकोमा दुई वटै टुंगिएको छ भने समितिमा अन्य बिबिध प्रकृतिका २३ मुद्धा दर्ताभएकोमा ९ वटा समाधान भएको संयोजक न्यौपानेले जानकारी दिनुभयो । यसैविच गतबर्षको सरेका मुद्धा १ सय ५१ मध्य १५ वटाको मिलापत्र भएको र बाँकी १ सय ३६ वटा प्रकृयामै रहेको उहाँले बताउनुभयो ।

न्यायीक समितिले अदालतबाट फैसला भएका मुद्धाहरुको कार्यान्वयनमा समेत सहजिकरण गरेर न्याय दिलाउने काम गरेको उहाँको भनाई छ ।

सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेकाहरुलाई मिलेर घर फर्काईएको, जन्मदर्ता नपाएका केही बच्चालाई जन्मदर्ता बनाउन सहयोग गरेको, हिंसा प्रभावित महिलालाई सम्पत्तीमा हक कायम गरिदिएको संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

साथै समितिका संयोजक न्यौपानेले तामेलीमा रहेका केही जग्गाहरु रोक्का भएको, लेनदेनका मुद्धाहरु किस्ताबन्दीमा चलेको, आफै मिल्छौ भनेर गएका र केहीले मुद्धा दर्ता गराएर छलफलमा नआएको अबस्था रहेको बताउनुभयो । कार्यक्रमको सहजिकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गर्नुभएको थियो ।

Advertise with us