विद्युतको पौने करोड महसुल उठाउँनै बाँकी


रीता लामा
घोराही, १६ वैशाख । विद्युत प्राधिकरण घोराही वितरण केन्द्रको तथ्याङमा हेर्दा तुलसीपुर १८मा रहेको सोनापुर सिमेन्ट उद्योगको ६ लाख ६८ हजार महसुल विद्युत बुझाउन बाँकी देखिन्छ ।


डिभिजन बन कार्यालयको १ लाख १९ हजार, सहकारी डिभिजन कार्यालयको नाममा रहेको मिटरमा ४८ हजार रुपैँया महसुल बाँकी छ । यस्तै कृषि विकास कार्यालय हालको कृषि ज्ञान केन्द्रको २७ हजार ६ सय ७५ रुपैँया, डिभिजन खानेपानी कार्यालयको १ हजार ९ सय, उमा शंकर बाल हस्पिटल सर्राको १ लाख ४ हजार रुपैया, नेपाल युथ फाउण्डेशनको ८१ हजार तीन सय रुपैयालगायतका धेरै सरकारी कार्याविद्युत महसुल उठाउँन बाँकी छ ।

Blog Post Ad


विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका लेखा शाखाका राम अवतारका अनुसार अघिल्लो महिनाको अन्तिम अर्थात फागुन महिनासम्म मात्रै यस क्षेत्रका सरकारी कार्यालयबाट १७ लाख ४० हजार रुपैयाँ महसुल उठाउन बाँकी देखिन्छ । उहाँका अनुसार सरकारी विद्यालय, कार्यालय, स्वास्थ्य केन्द्र, वडा कार्यालयहरुको विद्युत महसुल उठाउँन बाँकी छ ।

Blog Post Ad

यस्तै अन्य विभिन्न निजि र व्यवसायीक साना ठुला उद्योग, निजि विद्यालय,ले पनि समय मै महसुल बुझाएको देखिदैन । गत महिना भित्र मात्रै यस केन्द्रबाट ७४ लाख ७३ हजार रुपैयाँ विद्युत महसुल उठाउँ बाँकी रहेको लेखापाल शाहले जानकारी दिनुभयो ।

विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सुचना अधिकारी वमबहादुर बुढाथोकीका अनुसार ६० दिनभित्र विद्युत महसुल नबुझाउनेको लाइन काट्ने कानुनी प्राब्धान रहेको बताउनुहुन्छ । ‘सुरुमा एक पटक महसुल समयमा बुझाउनको लागि प्रत्राचार गर्छौ ।’ उहाँले भन्नुभयो ‘समयमा बुझाएन भने लाइन काट्छौ ।’ त्यस्तै समयमा महसुल नबुझाउनेलाई २५ प्रतिशतका दरले जरिवाना पनि लिने गरेको कार्यालयको भनाई छ ।

सुचना अधिकृति बुढाथोकीले यसो भने पनि यस केन्द्रबाट त्यसरी सरकारी वा नीजि क्षेत्रबाट समयमा विद्युत महसुल नबुझाउनेको तुरुन्तै लाइन काटिएको देखिदैन । केही केहीले मात्रै महसुल बुझाउन आनाकानी गरे पनि सबैले हालसम्म समय मै महसुल बुझाएको सुचना अधिकृत बुढाथोकी बताउनुहुन्छन् ।

विद्युत जाने समस्या उस्तै
अहिले घोराहीमा लमही प्रसारण लाइनबाट ३३ केभिको लागि खपत भैरहेको छ । यहाँको विद्युत तुलसीपुर समेत पुगेको छ । यस क्षेत्रमा आवश्यक भन्दा धेरै विद्युत माग भएपनि ३३ केभिको मात्रै प्रसारण हुदाँ माग अनुसारको विद्युत पुग्न सकेको छैन । जसको कारण लोडसेडिङ मुक्त घोषणा गरे पनि पटक पटक लाइन जाने समस्या भने ग्राहकहरुले भोग्दै आएका छन् ।

गर्मी बढेसँगै विद्युतिय उपकरणहरुको पनि बढी चल्ने हुँदा यो समयमा ग्राहकले बढी लोडसेडिङको मार भोगिरहेका देखिन्छ । छिनमा आउने र छिनमा जाने समस्याले ग्राहक आजित भएका छन् । तर विद्युत प्राधिकरण घोराहीले भने आफुहरुले सिस्टम जोगाउनको लागि विद्युत काट्ने गरेको बताउछन ।

यदि कुसुम–हापुरेमा रहेको १३२ केभी प्रसारण लाइन तुलसीपुर बजारसम्म ल्याउने हो भने घोराहीको ३३ केभी लाइनले यस क्षेत्रलाई प्रसस्त पुग्ने र समयसमयमा विद्युत जाने समस्याबाट मुक्त हुने विद्युत प्राधिकरणको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *