राप्ती प्रादेशिक अस्पतालको हबिगत

दरबन्दी छ डाक्टर छैनन्, मेसिन छन् संचालन हुँदैन्

Advertise with us


तुलसीपुर, १७ बैशाख ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा दरबन्दी अनुसारका जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । अस्पतालमा लामो समयदेखि १० जना डाक्टरको पद रिक्त हुँदा बिरामीलाई सास्ती भएको छ ।

Advertise with us

अस्पतालमा मेडिकल सुपरिटेण्डेट, फिजिसियन, एनेस्थेसिया, छाला सम्बन्धि डार्माटोलोजिस्ट, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट, नाक, कान, घाँटी रोग विषेशज्ञ, बाल रोग विशषेज्ञ लगायतका डाक्टर नहुँदा बिरामी उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।

Buddha International Hospital

अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा देनिकजसो बिरामी उपचार नपाएरै फर्किने गरेका छन् । दाङ सहित सल्यान, रोल्पा, प्युठान, रुकुम लगायतका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेपनि सेवा नपाँउदा बिरामीले सास्ती पाउने गरेका छन् । अस्पतलामा आउने बिरामीहरु नीजि अस्पतालमा जान बाध्य भएका छन् ।

जनशक्ति अभावमा अस्पतालमा आईसियु, एनआईसियु मेसिन समेत संचालनमा आउन सकेको छैन् । मेसिन ल्याएको तीनबर्ष बितिसक्दा समेत जनशक्ति अभावमा सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताउनुभयो ।

आफुले आईसियु,एनआईसियू सेवा सञ्चालनका लागि पटक–पटक स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारमा पहल गर्दा पनि सुनुवाई नभएको उहाँको भनाई छ ।।