आगलागी नियन्त्रणका लागि वर्षेणी लाखौँ रुपैया खर्च

उपलब्धि शून्य


तुलसीपुर, १७ वैशाख ।
वन क्षेत्रमा बर्षेनी हुने आगलागिका घटना हुन नदिन दाङमा लाखौ रुपैयाँ खर्च हुदै आए पनि आगलागिका घटना भने रोकिएको छैन् । गर्मी मौसम सँगै हावाहुरीका बेला लाग्ने आगोले बर्षेनी सैयौँ हेक्टर वन क्षेत्र सखाप हुदै आएको छ ।

Advertise with us

यस बर्ष पनि अहिले जिल्लाका एक दर्जन बढी वन क्षेत्रमा आगलागि भैरहेको छ । दाङ जिल्लाका बस्तीहरु सँगै वन क्षेत्र पनि आगलागिका उच्च जोखिममा छन् । आगो लाग्न नदिन र लागेपछि पनि तत्कालै नियन्त्रण गर्न सरकारले लाखौ रुपैयाँ खर्च गर्दै आएको छ ।

Buddha International Hospital

घोराही उपमहानगरपालिका ४ मा रहेको पालुथान सामुदायिक वन, रामपुर क्षेत्रको सरयू सामुदायिक वन, पाण्डबेश्वर मन्दिरको धार्मीक वन, धर्नाको जनभावन सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रमा आगो लागि भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।

देउखुरीका केही वन क्षेत्र र बाँके राष्ट्रिय निकुन्जको दाङ खण्डमा पनि आगो लागेको उहाँको भनाई छ । आगलागि हुदा बन्यजन्तु मर्ने र वन मासिदै आएको छ । आगो नियन्त्रणका लागिसचेतनामूलक तालिम, होडिङबोर्ड राख्ने, पर्चाहरु बितरण गर्ने र उपभोक्ताहरुलाई सचेत गराउने काम भएको उहाँले बताउनुभयो ।

वन जंगल र जीवजन्तुको नाश सँगै गाउँहरु नै जोखिममा पार्ने आगो लगाउनेको पहिचान भने अहिले सम्म कसैले गर्न सकेका छैनन् । वन डिभिजन र सामुदायिक वन उपभोक्ता महासंघले पनि आगो लगाउनेलाई पक्राउ गर्न नसक्दा बर्षेनी आगलागिको जोखिम बढ्दै गएको छ ।

आगो लगाउनमा संलग्नको पहिचान भए वन ऐन २०४९ ले क्षतिको विगो भराउने, एक बर्ष कैद र १० हजार जरीवाना र दुबै हुन सक्ने व्यवस्था गरेको छ । आगलागिलाई वन अपराधका रुपमा कानुनमा उल्लेख छ ।।

Advertise with us