ढोडेनीमा डिप बोरिङ्गको शिलान्यास


दाङ,१६ बैशाख | घोराही १४ स्थित ढोडेनीमा डिप् बोरिङ्गको शिलान्यास गरिएको छ | नेपाल सरकारको आर्थिक सह्योग तथा खानेपानी तथा डिभिजन कार्यालयको प्रविद्दिक सह्योगमा घोराही उपमहानगरपालिका १४ ढोडेनीमा डिप् बोरिङ्ग खन्ने कार्यको शिलान्यास गरिएको हो |

Buddha International Hospital
Advertise with us

डिप् बोरिङ्गको शिलान्यास घोराही उपमहानगरपालिका १४ का अध्यक्ष शक्तीराम डाङिले गर्नु भएको थियो भने शिलान्यास कार्यक्रममा घोराही खानेपानी उप्भोक्ता तथा सरसफाइका अध्यक्ष देवीबहादुर डिसी,सचिव सुमन शर्मा ,सदस्य यसोदा पाण्डेय, लक्ष्मीसिङ् ठकुरी , ढोडेनी टोल बिकास संस्थाका अध्यक्ष हुम बहादुर भण्डारी तथा ढोडेनी टोल बिकास संस्थाका स्थानियवासीहरुको उपस्तिथि रहेको थियो |


ढोडेनीमा रहेको टन्कीमा पानीको मात्रामा बृदि ल्याउनका लागि डिप् बोरिङ्गको काम सम्पन्न भए लगतै ढोडेनी टन्कीमा जोडीने घोराही खानेपानी उप्भोक्ता तथा सरसफाइका अध्यक्ष देवीबहादुर डिसीले बताउनु भयो | साथै घोराही १४ मा ढोडेनी बाहेक रहेका अन्य नयाबजार, टाउनप्लान आसपासका अन्य क्षेत्रहरुमा पानीको समस्याको समाधान हुने अध्यक्ष डिसीले बताउनु भयो |