वनमा निरन्तर ढडेलो, तीन सय हेक्टर बन नष्ट


रीता लामा
घोराही, १६ वैशाख । शनिवार घोराही ५ धर्नामा रहेको पाण्डवेश्वर मन्दिर धारापानीको धार्मिक वन क्षेत्रमा आगलागि भयो । डिभिजन वन कार्यालयबाट कर्मचारीहरु, प्रहरी आगो निभाउन पुगे । वन समिती खटिए तर उपभोक्ता गएनन् । एक जना उपभोक्ता पनि ढडेला निभाउनको लागि घरबाट ननिस्किए पछि आगो निभाउन पुगेका टोलीलाई अग्नी नियन्त्रण गर्नै हम्मेहम्मे प¥यो ।

Advertise with us


आइतवार पनि घोराही लमही सडक खण्डको मुसोट वरिपरि विहानदेखि साँझसम्म आगलागि भैरह्यो । बाटो वरिपरि लागेको आगोले सहज यातायामा समेत समस्या सिर्जना ग¥यो । तर अग्नी नियन्त्रणको लागि कोही देखिएनन् । कसैले चासो देखाएनन् ।
अहिले दाङका धेरै जंगलमा आगलागि भैरहेका छन् । आगलागीको कारणले धेरै धनजनको क्षति हुने, सानाबोट विरुवाको नास हुने, जंगली प्रजाति लोप हुने भैरहेको छ ।

Buddha International Hospital

जंगलमा आफै डढेलो लगाउने, आगो लागेको देखे पनि नियन्त्रणमा सक्रियता नदेखाउने उपभोक्ताको कारण वनमा हुने डढेलो नियन्त्रण गर्न समस्या परेको वनका कर्मचारीहरु बताउछन् । गत चैतको अन्तिम साता देखि हालसम्म जिल्लामा करिव तीन सय हेक्टर वन डढेलोले नष्ट भैसकेको डिभिजन बन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


त्यस्तै अहिले घोराही उपमहानगरपालिका ४ मा रहेको पालुथान सामुदायिक वन क्षेत्रमा लागेको आगो लागेको छ । कसले र किन लागो लगाएको हो भन्ने केही खुलेको छैन् वन क्षेत्र सखाप हुदै बस्तीमा थाले पछि मात्रै गाउँले गाउँ निभाउन गएको तारकेनीका रविलाल घर्तीले बताउनुभयो । केही दिनको चर्को गर्मीसँगै आगो फैलिने क्रम तिब्र गतिमा देखिएको उहाँले बताउनुभयो ।


‘वन क्षेत्र त सखाप भएको छ अब गाउँ पनि जोखिममा पर्न थालेपछि तारकेनी गाउँका सबै आगो निभाउन लागेका छौ ।’ उहाँले भन्नुभयो । अहिले रामपुर क्षेत्रको सरयू सामुदायिक वन, पाण्डबेश्वर मन्दिरको धार्मीक वन, धर्नाको जनभावन सामुदायिक वन, गौरी सामुदायिक वन क्षेत्रमा आगो लागि भएको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । देउखुरीका केही वन क्षेत्रहरुमा पनि आगो लागेको सूचना आएको उहाँको भनाई छ । आगलागि हुदा बन्यजन्तु मर्ने र वन मासिदै आएको छ ।

धेरै जसो वनमा उपभोक्ताले नै डढेलो लगाउने गरेको डिभिजन कार्यालयको दावि छ । बनमा डढेलो लगायो भने च्याउ उम्रिन्छ, दाउरा पाइन्छ, पातपतिङ्गर जल्यो भने जंगलजान सजिलो हुन्छ, विषालु जीव जन्तुहरु मर्छन् जस्ता धारणा पालेर आगो लगाउने गरेको पाइएको डिभिजन बनको भनाई छ । अहिले पनि जिल्लाका एक दर्जन वनहरुमा आगलागि भैरहेको छ ।


सरकारले आगलागि नियन्त्रणका लागि बर्षेनी लाखौ रुपैयाँ बिनियोजन गर्दैआएको छ । दाङ जिल्लाका बस्तीहरुसँगै वन क्षेत्र पनि आगलागिका उच्च जोखिममा रहेका छन् । आगो लाग्न नदिन र लागेपछि पनि तत्कालै नियन्त्रणका लागि सरकारले लाखौ रुपैयाँ छुट्याउदै आएको छ तर पनि आगलागिका घटना भने रोकिन सकेको छैन् ।

अहिले डढेलो नियन्त्रणको लागि गतिविधि संचालन भैरहेको छ । जसमा नियन्यन्तण सम्बन्धि गोष्ठी, आगो नियन्त्रणको लागि उपयोग हुने सामाग्रीहरु वितरणको काम भैरहेको छ । डिभिजन बन कार्यालयका सुचना अधिकृत केसीले दिएको जानकारी अनुसार हाल जिल्लामा चार वटा सव डिभिजन कार्यालय छन । अम्विकेश्वरी सव डिभिजन, सुनपुर सव डिभिजन, दंगिशरण र तुलसीपुरमा रहेको छ । अग्नी तियन्त्रणको लागि यी चरा वटै सव डिभिजनमा अग्नी नियन्त्रण समुह गठन गरिएको ती समुहलाई अग्नी नियन्त्रणमा उपयोेग हुने वाटर व्याग लगायतका सामाग्री दिइएको छ । त्यस्तै एउटा धार्मिक वनलाई पनि उपलब्ध गराइएको छ । ती समुहलाई दिइएको सामाग्रीहरु आफ्नो क्षेत्र वरपर जुनसुकै बनमा आगो लागे पछि उपलब्ध गराउनुपर्ने हुन्छ ।


यस्तै जिल्ला संचार माध्यममा समेत डढेलो नियन्त्रणको लागि सचेतना मुलक सामाग्री प्रकाशन प्रसारण भैरहेका छन् । ठाउँ ठाउँमा डढेलो नियन्त्रणको लागि होडिङ वोर्ड राख्ने, पर्चा पम्प्रेटहरु वितरणको काम पनि भएको देखिन्छ । आगो नियन्त्रणका लागि डिभिजनले सचेतनामूलक तालिम, होडिङबोर्ड राख्ने, पर्चाहरु बितरण गर्ने र उपभोक्ताहरुलाई सचेत गराउने काम गर्दै आए पनि प्रभावकारी नभएको उनले बताए । डिभिजनले केही वन समुहलाई अग्नी रोधक औजारहरु समेत उपलब्ध गराएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघले पनि दाङले आगलागिका घटनालाई रोक्न उपभोक्ताहरुलाई सचेत र तयारी अवस्थामा राखिएको बताएको छ । जिल्लाका ५ सय २४ सामुदायिक वन क्षेत्रका उपभोक्ताहरुलाई आगो लागेको थाहा पाउन साथ निभाउने तर्फ ध्यान दिने गरी आग्रह गरिएको महासंघले जनाएको छ ।


सामुदायिक, नीजि र धार्मिक बनले वनबाट भएको आम्दानीको २५ प्रतिशत वन संरक्षणमा खर्च गर्नुपर्ने हुन्छ । तर सामुदायिक वनले बृक्षारोपण वाहेक अन्य काममा एक रुपैया पनि खर्च गरेको देखिदैन । डिभिजन बन कार्यालयले भने जिल्लामा डढेलो नियन्त्रणको लागि आर्थिक वर्ष २०७५÷७६को लागि सचेतना कार्यक्रम र सामाग्री वितरणको लागि ५ लाख रुपैया वजेट खर्च गर्न थालेको सुचना अधिकृत केसीले बताउनुभयो ।

नेपालको संविधानमा राष्ट्रिय बन ऐनमा बनमा जानीजानी आगलागि गर्नेलाई दुइ बर्ष कैद, १० हजार रुपैया जरिवाना र क्षतिको विगो सहित असुल उपर गर्ने व्यवस्था रहेको छ भने वन ऐन अनुसार एक बर्ष कैद, दश हजार जरिवाना र क्षतिको विगोसहितको असुल उपर गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

Advertise with us