जन्मदिनमा स्वास्थ्य चौकीलाई सहयोग

 

घोराही,१५ मंसिर । घोराही गोरक्ष रत्न नाथ मा.बि.का प्रधानाध्यापक श्यामलाल मल्लले आफ्नो जन्मदिनको शुभ अवसर पारेर घोराही १७ को हरिद्वार शहरी स्वास्थ्य केन्द्रमा सहयोग गर्नु भएको छ ।

Buddha International Hospital

Advertise with us

एक अनौपचारिक कार्यक्रमको आयोजना गरी मल्लले स्वास्थ्य केन्द्रमा सहयोग गर्नु भएको हो | घोराही १७ निवासी श्यामलाल मल्ल हरिद्वार स्वस्थ्य केन्द्रका सदस्य समेत रहनु भएको छ ।

जन्मदिनको अवसर पारेर मल्लले स्वास्थ्य चौकीलाई ४ ओटा कुर्सी प्रदान गर्नु भएको छ भने अनाथ बालबालिकाहरुलाई खाद्दान्न सहयोग गर्नु भएको छ । विगतका दिनहरु देखि नै मल्ल एउटा जिम्मेवार नागरीकको रुपमा आफ्नो पहिचान बनाउँदै आउनु भएको छ ।

श्रीमती शुभद्रा मल्ल, हरिद्वार शहरी स्वास्थ्य चौकीका प्रमुख  देबा योगी तथा वार्ड न. १७ का वडा अध्यक्ष खुसिराम चौधरीको उपस्तिथिमा मल्लले सहयोग गर्नु भएको हो |

Advertise with us