कटुवाखोला पुलको कहानी, हात्ती छिर्यो , पुच्छर अड्क्यो

Advertise with us

नवीन अभिलाषी

Buddha International Hospital

दाङ, वैशाख १६ । दाङ विकास निर्माणको चर्चा हुँदा जो सुकैलाई झल्को आउने कटुवाखोलाको पुल दुर्गती झन जोखिमयुक्त बनेको छ । पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेर फेरी रोकिएको छ भने यात्रुहरुलाई झन जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता बनेको छ । निर्माण कम्पनी र ठेकेदारको लापरबाहीका कारण कटुवा खोला पुल समयमा नबन्दा लाखौँ यात्रुहरुले हैरानी खेप्नु प¥यो । तर अहिलेपनि त्यो हैरानी सकिएको छैन ।

Advertise with us

पुलको प्रमुख काम सकिएको छ, भने ‘फिनिसिङ’को काम बाँकी छ । तर त्यो काम पनि अहिले रोकिएको छ । कुटवा खोलाको पुल कति पटक रोकियो र कति पटक सुरु भयो ? भन्ने हिसाव छैन । पुलको निर्माण कार्य अहिले हात्ती छि¥यो पुच्छर अड्क्यो जस्तो भैरहेको छ । २०७१ सालमा भदौ ११ गते पुलको निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । पटक पटक रोकिदै आएको पुलको निर्माण कार्य अन्तिम चरणमा छ । तर पुलको सम्पुर्ण कार्य सकिएको छैन । पाँच वर्षपछि पनि कटुवा खोलामा पुल निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी र निर्माण व्यवसायीलाई दंगालीले सराप्दै आएका छन् ।

शंकर माली निर्माण सेवाले अन्तिम पटक थपिएको म्याद २०७४ असोज १० गते सम्म सम्पन्न गर्ने गरी ठेक्का सञ्चालनमा थियो । लामो समयदेखि कटुवा खोलामा पुनर्निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती भोग्दै आईरहेका छन । अहिले पुल झन जोखिमयुक्त बनेको छ । साना गाडी, मोटरसाईकल र अटो रिक्साहरु पुलको माथिबाट सञ्चालन भैरहेका छन् भने अत्यधिक भार बोक्ने सवारी साधनहरु पुरानै डाईभर्सनबाट सञ्चालन भैरहेका छन ।

पुलको दायाँबायाँ ‘फिलिङ’ गरिएको छ । पुलको पुर्वतर्फ सामान्य गिट्टी बालुवा राखिएको छ, जस्का कारण सडकको स्तर र पुलको स्तरमा गहिरो भिन्नता रहको छ । पुलको पुर्वपश्चिममा सामान्य रुप राखिएको गिट्टी बालुवालाई सडक मानेर साना सवारी र तीन पांग्रे अटोरिक्साहरु जोखिमपुर्ण रुपमा सञ्चालित छन् ।

पुलको ओरालोमा कति बेला दुर्घटना हुने हो थाहा छैन, पुलको बाटोमा हुने आवागमन रोक्न ट्राफिक प्रहरीले ध्यान दिन सकेको छैन भने निर्माण कम्पनीले अहिले के गरिरहेको छ भन्ने बारेमा कसैलाई थाहा छैन ।

निर्माण कम्पनीले ईमान्दार भएर काम गरे १५ दिनमा काम सकिने डिभिजन सडक कार्यालयका एक अधिकारीले बताए । तर निर्माण कम्पनीले पुलको निर्माण काम रोकेको छ, भने केहि सञ्चारमाध्यमहरुले पुल निर्माण सकियो भनेर समाचार समेत लेखिसकेको छन, तर पुलको १० प्रतिशत भन्दा बढि काम अझै बाँकी रहेको डिभिजन कार्यालयले बताएको छ । कटुवा खोलाको पुलको लागत ४ करोड १० लाख ७५ हजार रहेको छ । तर पुलको हालत हेर्दा सो बजेट सबै खर्च भएको देखिदैन ।