खानेपानीको जिम्मा निजी क्षेत्रलाई दिने चलखेल

जीतसागर जी.एम.
तुलसीपुर, १६ बैशाख । तुलसीपुरमा खानेपानीको जिम्मा नीजि क्षेत्रले लिने भएको छ । सरकारले खानेपानीको सहज व्यवस्थापन गर्न नसकेपछि नीजि क्षेत्रले खानेपानी व्यवस्थापनको जिम्मा लिने भएको हो । तुलसीपरमा तत्कालीन समस्या रहेको हरिबगिया , गैरापातु, बसपार्क, अटोभिलेजसम्म लगायतका ठाँउमा पानीको सहज आपुर्तीका लागि स्मार्ट म्यानेजमेन्ट गु्रप प्रालिले जिम्मा लिन थालेको छ ।

Blog Post Ad

Blog Post Ad

तुलसीपुरमा खानेपानीको आपुर्तिका लागि पहिलोपटक निजी कम्पनीले जिम्मा लैजान लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । निजि क्षेत्रले खानेपानीको जिम्मा लैजाने भनेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्, सरकारले गर्न नसकेको काम नीजि क्षेत्रले संचालन गर्न खोज्नु त राम्रो त हो नि , उनले भने—‘हामीले नीतिगत सहयोग गरेका छौँ, तर नीजिक्षेत्रलाई कुनै अनुदान दिने पनि छैनौँ , सम्पूर्ण लगानी नीजि क्षेत्रले नै हो गर्ने,उपभोक्ताले पनि लगानी गर्नुपर्दैन्’ ।

‘लामो समयसम्म तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई खानेपानी वितरण गर्नुस् भनेकै हौँ तर उहाँहरुले सक्नुभएन्, हामीले त सरकारले भएपनि , नीजि क्षेत्रले भएपनि उपभोक्ताले पानी पाउनुपर्छ भनेका छौँ, त्यही हिसाबले उहाँहरु जिल्ला जलस्रोत समितसंग प्रक्रिया अगाडी बढाउनुभएको छ’ उनले भने ।

तुलसीपुरमा अहिले तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको आपुर्ति गरिरहेको गरिरहेको छ । बढ्दै गएको जनसंख्याको माग अनुसार खानेपानीको सहज व्यवस्थापन गर्न नसकेपछि नीजि क्षेत्रले खानेपानीको जिम्मा लैजान लागेको खानेपानी संस्थाका अध्यक्ष खेमराज वलीले बताए । खानेपानी संस्थालाई अहिले सरकारले ७० प्रतिशत लगानी गरेको छ भने ३० प्रतिशत उपभोक्ताले लगानी गर्ने गरेका छन् तर पानी खानेपानीको समस्या हट्न सकेको छैन्, उनले भने—नीजि क्षेत्रले जिम्मा लगेपछि समस्या आउँदैन् होला , नीजि क्षेत्रमा त्यस्तो हुँदैन् ।

संस्थाले अहिले पानीको स्रोतको अभावमा पानीको सहज व्यवस्थापनमा केहि कठिनाई भएको उनले बताए ।

तीनमहिना भित्र काम शुरु गर्नेगरि प्रक्रिया अगाडी बढेको ग्रुपका अध्यक्ष बिष्णु केसीले बताए । हामीले नीति नियममा रहेर काम अगाडी बढाएका छौँ, न सरकार न उपभोक्ताको लगानी हुन्छ, सबै लगानी हामीले नै गर्ने हो , उनले भने—‘उपभोक्ता र सरकारलाई फाईदा नै छ ।

उपभोक्ताको बढ्दो मागलाई सरकारी पक्षबाट पानी सहज हुन नसकेपछि तुलसीपुरमा नीजि क्षेत्रले चासो देखाएको हो । पानीको तत्कालीन समस्या समाधान गरिदिन उपभोक्ताको माग निकै रहेको अध्यक्ष केसीले बताए । अहिले तुलसीपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थाले पानी पु¥याउन सकिरहेको छैन् , हामीले केहि भएपनि समस्या समाधान गर्न सक्छौँ कि भनेर कामलाई अगाडी बढाएका छौँ, उनले भने ।

तुलसीपुरको बसपार्क लगायत ठाँउमा अधिकांशकोे लालपुर्जा नभएका कारण पनि संस्थाले खानेपानी उपलब्ध गराउन सकेको छैन् , तर नीजि क्षेत्रले पानी बितरण गरेपछि त्यस्तो समस्या नआउने गु्रपका अध्यक्ष केसीले बताए । निजी क्षेत्रबाट पानी बितरण भएपछि जथाभावि रकम भुक्तानी गर्नुपर्ने हो कि भन्ने विभिन्न टिप्पणी पनि हुने गरेको छ, तर त्यस्तो हुँदैन्, सरकारी दररेट अनुसार नै उपभोक्ता संग रकम लिने छौँ ।

हामीले उपभोक्तलाई शेयर लिन पाउन पनि बनाउने छौँ, शेयर उपभोक्ताले खरिद गर्न सक्छ , अनि अर्को कुरा धेरैलाई नगरपालिकाले पैसा दिन्छ भन्ने भ्रम पनि छ , त्यो सबै गलत कुरा हो , नीजी लगानीमा सरकारले लगानी गर्ने भन्ने कुरै आउँदैन् उनले भने ।

दिर्घकालीन भन्दा पनि तत्कालीन समस्या समस्या समाधानका लागि हामी अघि बढेका हौँ—उनले भने, प्रतिसेकेन्ड २ हजार २ सय लिटर पानी उपलब्ध गराउने गरि काम अघि बढेको छ । हामीले खानेपानी उपलब्ध गराउने क्षेत्रका जनता अहिले खानेपानीको चरम समस्यामा छन् , जतिसक्दो चाँडो योजना सम्पन्न गरेर घरघरमा धारा पु¥याउने कोशिस गरेका छौँ—उनले भने ।

खानेपानीको जिम्मा सरकारले लिनुपर्ने
स्थानीयले भने खानेपानीको जिम्मा प्रालिले लैजान लागेको भन्दै बिरोध जनाएका छन् । उनीहरुले पानीको सहज व्यवस्थापनको जिम्मा नीजिक्षेत्रलाई नभई सरकारले नै गर्नुपर्ने बताएका छन् ।

नीजिक्षेत्रले खानेपानीको जिम्मा लैजादा आफुहरु मंहगो शुल्कमा पर्ने , दिगो र भरपर्दो पनि नहुने भन्दै खानेपानी पु¥याउने जिम्मा सरकारको नै भएको बताएका छन् । उनिहरुले खानेपानी व्यवस्थापनमा सरकारले ध्यान नदिँदा जनताको लगानीमा व्यक्ति मोटाउने खेल हुने बताएका छन् ।
स्थानीय भवानी केसीले भनिन्—‘जनतालाई पानी पु¥याउने जिम्मा सरकारको हो, उहाँले चुनावका बेला पानीको समस्या समाधान गरिदिने भनेर गरेका बाचा भुल्नुहुँदैछ । स्थानीयले खानेपानीको जिम्मा नीजी क्षेत्रलाई दिन नहुने भन्दै राज वलीको संयोजकत्वमा ३५ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *