शान्तिनगरमा चार हजार भन्दा बढि बेरोजगार


तुलसीपुर, १६ बैशाख । दाङको शान्तिनगर गाँउपालिकामा चार हजार भन्दा बढिले रोजगारका लागि आबेदन फारम भरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शान्तिनगरमा चैत्र मसान्त सम्म चार हजार २ सय ७५ जनाले बेरोजगार फारम भरेका हुन् ।

Buddha International Hospital
Advertise with us

गाँउपालिकाको सात वटा वडा मध्ये वडा नम्बर १ मा सबैभन्दा बढी ९ सय २५ जनाले बेरोजगार फारम भरेको गाँउपालिकाका रोजगार संयोजक निमराज सापकोटाले जानकारी दिए ।

गाँउपालिकाका १८ बर्ष देखि ५९ बर्ष सम्मका बेरोजगार ब्यक्तिहरुले आबेदन फारम भर्न सकिने संयोजक साप्कोटाले बताए । गाँउपालिकाको वडा नम्बर २ मा सबैभन्दा कम ३ सय ५३ जनाले आबेदन फारम भरेका छन् ।

त्यसैगरी वडा नम्बर ३ मा ६ सय ६३ जना, वडा नम्बर ४ मा ६ सय ८७ जना, वडा नम्बर पाँचमा ४ सय २० जना, वडा नम्बर छ मा ६ सय ४६ र सातमा ५ सय ८१ जनाले रोजगारका लागी आबेदन फारम भरेका छन् । बेरोजगार फारम भर्न सरकारले २०७५ चैत्र मसान्तसम्म समय तोकेपनि फेरी २०७६ बैशाख मसान्तसम्म रोजगारका लागि आबेदन फारम भर्न सकिने ब्यबस्था रहेको रोजगार संयोजक सापकोटाले बताए ।