बस स्टाप भन्छन् ः बाइकलाई बचाउन खोज्दा बस पल्टियो…

तुलसीपुर, १५ बैशाख | तुलसीपुरबाट बिराटनगरका लागि छुटेको यात्रुबहाक बस आईतबार दिउँसो करिब १ बजेर ४५ मिनेटमा दुर्घटनामा भयो । दुर्घटनामा परि ८ जना घाईते भएका भएका छन् । बस सडकबाट करिब १० मिटर तल खसेको छ । घटनास्थल हेर्दा सामान्य देखिन्छ र मानविय क्षति पनि हुन पाएन् तर दुर्घटनाग्रस्त बसमा क्षति धेरै पुगेको छ— सोही बसका स्टाप डण्डीराम आचार्यले भने ।

Buddha International Hospital


Advertise with us
बसमा १० जना यात्रु लिएर छुटेको बसमा स्टाप आचार्य पनि थिए । बसले तुलसीपुर बजार छोड्दै गर्दा तुलसीपुर—६ हात्तिखौवा चोक नजिकै दुर्घटनामा प¥यो । स्टाप आर्चाय भन्छन्—बसले २÷३ बिल्डीङ खायो तर बाँच्न सफल भएँ, अरु पनि सामान्य घाइते भए तर पनि एक बच्चा अलि गम्भिर घाईते हुनुभएको छ , मैले त बसले जब सडक छोड्यो तब बसको डण्डी समाते र बस रोकिएपछि ओर्लिए ।


उनले भने—‘गुरु जीले चलाईरहनुभएको थियो, विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई बचाउन खोज्दा बस पल्टिएको हो , दुर्घटनापछि चालक खै कता जानुभयो तर म त अरु घाईतेको उद्धार गर्नतिर लागे ।


बस दुर्घटनामा परि दंगीशरण—२ का जमुना ओली, बबई—२ का सिताराम ओली, तुलसीपुर—५ का यज्ञबहादुर बिक र सल्यान सिद्धकुमाख गाउँपालिकाका गेहेन्द्र बस्नेत घाईते भएका छन् । बसमा १० जना यात्रु भएको भनिएतापनि चलानी काट्दा सम्म चार जना यात्रुहरुको पहिचान खुलेको र अन्य ६ जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।


घाईते मध्ये ५ जना सामान्य, एक जना मध्यम र दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य २ जना र बसका स्टाप सकुसल रहेका छन् । घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

Advertise with us