कार्यालय परिषरमा प्रविधि पार्क

Advertise with us


रीता लामा
घोराही, बैशाख १५। कृषि ज्ञान केन्द्र दाङले आफ्नो कार्यालय परिषरमा प्रविधि पार्कको तयारी थालेको छ । कार्यालयले नमुना कृषि फामको रुपमा उक्त नमुना कृषि पार्क निर्माण गर्ने छ । विशेष गरि कार्यालयमा सेवा लिन आउने कृषकहरुलाई नमुनाको रुपमा व्यवहारीक कृषि ज्ञानको अवलोकन गराउनको लागि उक्त नमुना पार्क निर्माण गर्न लागिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Advertise with us


ज्ञान केन्द्र प्रसार प्रसार अधिकृत भरत पोखरेलका अनुसार प्रविधि पार्कमा गड्यौला मल तयारी, कम्पोष्ट मलको खाडल, प्लाष्टिक घरमा तरकारी खेति, विभिन्न तरकारीका विउविजन उत्पादन लगायतका कार्य गरिने छ । यस्तै पुष्प बाटिका, सिंचाइ संरचना, विभिन्न कृषि औजार समेत राखिने छन ।

Buddha International Hospital


‘कार्यालयमा विभिन्न विषयवस्तु जान्नको लागि, सेवा लिनको लागि कृषक आइरहनुहुन्छ ।’ प्रसार अधिकृत पोखरेलले भने ‘उहाँहरुले आधुनिक कृषि प्रणाली यसरी गर्नुपर्छ भनेर नमुनाको रुपमा देखाउनको लागि प्रविधि पार्क निर्माण गर्न लागेका हौ ।’ कार्यालय परिषरमा रहेको कविर ५ कठ्ठा जग्गामा यस्तो पार्क निर्माण गर्न लागि उनले बताए । सेवा लिन आएका कृषकले पार्कमा प्रविधियुक्त कृषिको नमुना हेर्छन र आफुहरुले पनि केही सिक्नछन भनेर यस्तौ पार्क निर्माण गरिएको उनले बताए ।


पार्कमा गड्यौला मल कसरी बनाउने, प्लास्टिक घर भित्र कृषि गर्ने, विउविजन उत्पादन गर्ने, सिँचाइ गर्ने विधि समेत प्रष्ठ रुपमा देखाइने छ । पछिल्लो समय कृषिलाई सहज बनाउनको लागि प्रविधिको प्रयोग बढ्दो छ । यसको लागि पहिलो चरणमा कृषि ज्ञान केन्द्रले तीन लाख रुपैँया बजेट समेत विनियोजन गरेको छ ।


तर कार्यालय परिषरमा प्रसस्त पानी नहुदाँ भने केही समस्या भएको उनले बताए । सिचाँइ कै लागि कार्यालयमा परिषरमा कुवा खनिएको छ । तर कुवाको पानीलाई लिप्ट सिचाइबाट तान्नुपर्ने, त्यसमा पनि प्रसस्त पानी नआउने हुदाँ समस्या भएको उहाँले बताए ।  नमुना पार्कमा अहिले ज्ञान केन्द्रले सिमि, गोलभेडा, प्याज, लसुन, धनिया जस्ता कृषि उत्पादन सुरु गरेको छ ।