युएनबीसीमा नयाँ नेतृत्व चयन


घोराही, १५ मंसिर । घोराही १४ नयाँ बजारमा रहेको युएनविसी फुटवल क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरि आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ ।


Advertise with us
क्लवले बुद्दीराम पुनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा लेखराज केसी र अमर मगर, सचिवमा योगेन खड्का, सहसचिवमा टिका गुरुङ, कोषाध्यक्षमा बिमलसेन ओली, सहकोषाध्यक्षमा बसन्ती पुन रहेका छन ।

Buddha International Hospital


त्यसैगरी सदस्यहरुमा गोपाल कुंवर, अशोक घर्ती, राजेश खड्का, सुरेश बुढाथोकी, गिरबहादुर महरा, गोमा पुन, विजय पुन र शिवराज गिरीलाई चयन गरेको छ ।


कार्यसमिति गठन पछि बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु पनि पारित गरेको छ । जसमा आउदो मंसिर २७ गते देखि पौष ६ गतेसम्म हुन लागेको नवलपुर कप फुटबल प्रतियोगितमा सहभागिता जनाउन टिम कोचमा अशोक घर्ती, टिम म्यानेजरमा शिवराज गिरी, टिम क्याप्टेनमा रविन रोकाको नेतृत्वमा खेलकुद सहभागिता जनाउने निर्णय गरेको छ ।

२०५८ सालमा स्थापना भएको दाङको राम्रो र उच्च युएनविसी नयांबजारमा क्लबले राष्ट्रिय स्तरीय बि डिभिजनको स्तर प्राप्त गरेको छ ।
यसगरी बैठकले अवको केही दिन पछि सल्लाहकार, आजीवन सदस्य, संरक्षक, साधारण सदस्य र मानार्थ सदस्यहरु चयन गर्ने निर्णय समेत गरेको छ । छलफलमा वार्ड न. १४ का सदस्य लक्ष्मण बुढा मगर , पुर्व खिलाडी तथा युवा  नरेन्द्र पुनको सह्भागिता  रहेको थियो |