कृषिमा भित्रियो नयाँ प्रविधि

माटोबिना नै तरकारी खेती

 

Buddha International Hospital

जीतसागर जी.एम./

Advertise with us

तुलसीपुर, १५ बैशाख ।

कृषिको काममा दक्षता भएकाहरुसंग जग्गा नभएर समस्या छ भने कृषि खेतीका लागि जग्गा पर्याप्त हुनेहरु खेती नै गर्दैनन् । कृर्षिका लागि उपयुक्त जग्गा नहुँदा पनि कृर्षि उत्पादन बढ्न सकिरहेको छैन् ।

जग्गा भएपनि माटोका कारण धेरै उत्पादन गर्न नसकिने समस्या छ, सबै माटो कृर्षिका लागि उपयुक्त पनि मानिदैन् । तपाईले कृषि खेती गरिरहनुभएको छ तर माटोका कारण राम्रो आम्दानी गर्न सकिरहनुभएको छैन् भने अब चिन्ता गर्नुपर्दैन् ।

माटो बिना नै तरकारी खेती गर्न सकिन्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर माटोबिना नै बेमौसमी तरकारी खेती सकिने प्रविधि नेपालमा भित्रिसकेको छ । तुलसीपुर उपमहानगरपालिका—१६ रावतगाँउमा हाइड्रोयानीक बटोनेट प्रविधि अर्थात एक युवाले माटोबिना नै तरकारी खेती शुरु गरेका छन् । झट्ट सुन्दा अचम्म लाग्छ तर माटो बिना नै तरकारी खेती गर्न सकिन्छ भन्ने अमृत धितालले प्रमाणित गरेका छन् ।

करिब करोडको लगानीमा माटो बिना तरकारी खेतीको शुरुवात गरिएको हो । अत्याधुनिक प्रविधिबाट करिब ३ कट्टा जमिनमा माटोबिना नै तरकारी खेती गरेको संचालक धितालले बताए । फाईबर प्लाष्टिकको सिटको घर भित्र प्लाष्टिकको गमलामा ढुंगा जस्तै देखिने मिडियाको प्रयोग गरि तरकारी खेती गरिएको छ यो प्रविधिमार्फत तरकारी खेती नेपालमा संभवत ः पहिलो पटक गरिएको छ ।

तरकारी लगाईसकेपछि गोडमेल गर्नु नपर्ने, असिनापानीले पनि क्षति गर्न नसक्ने, जनशक्ति पनि कम लाग्ने, लामो समयसम्म आम्दानी लिन सकिने लगायतका विभिन्न फाइदा रहेको छ—धितालले भने, अनौठो तरिकाले तरकारी खेती शुरु गरेपछि विभिन्न ठाँउबाट अध्ययन अवलोकन गर्न आउने गरेका छन् ।

तरकारी उत्पादनमा माटोको प्रयोग गरिएको त छैन तर तरकारीको बिरुवामा नाईट्रोजन, फस्फोरस, पोटास लगायतका भिटामिन प्रयोग हुने गरेको छ । अृमत कृर्षि फम माफर्त संचालन गरिएको फर्ममा टमाटर, काँक्रा, भेडेखुर्सानी, बन्दा गोपी, भण्टा, चुकुन्दर लगायतका तरकारी खेती रहेका छन् ।

तरकारी उत्पादनका गर्न भिटामिन राख्ने, पानी राख्ने लगायतका कामका लागि विद्युतीय उपकरण प्रयोग गरिएको छ । तरकारी टिप्न, बिरुवा रोप्न र अन्य रेखदेखका लागि मात्रै जनशक्ति चाहिने गरेको छ । तरकारी खेतीका लागि अधिकांश विद्युतिय उपकरणको प्रयोगले सहज बनाएको संचालक धिताले भने— प्रविधिले निकै सजिलो बनाएको छ , १÷२ जनाले नै ठुलो परिमाणमा तरकारी उत्पादन गर्न सकिन्छ ।

अधिकांश काम विद्युतिय उपकरण प्रयोग गरिएका कारण कहिले काँही विद्युत आपुर्ति नहुँदा समस्या हुने गरेको धितालले बताए । विद्युतको विकल्पको व्यवस्था गर्न सकिएको छैन्, विद्युतिय समस्याका कारण केहिदिन अघि ठुलो क्षति पनि भएको थियो—उनले भने, एक दिन विद्युत आपुर्ती नहुँदा खासै समस्या हुँदैन् तर २४ घण्टा भन्दा बढी भयो भने त ठुलो क्षति हुन्छ ।

कृषिमा भित्रिएको यो नयाँ प्रविधि विदेशमा अध्ययनको क्रमम अवलोकन गरेर नेपालमा शुरु गरेको उनले बताए । कृर्षिमा नयाँ प्रविधिको शुरुवात गरेका छौँ, नयाँ प्रविधिमा लगानी पनि ठुलो भएको छ, तर कृर्षि प्रोत्साहनका लागि सहयोग गर्ने भन्ने भाषणमा मात्रै सिमिति हुने गरेको छ, अहिले सम्म कुनै निकायबाट सहयोग प्राप्त भएको छैन् —उनले भने ,तीन कठ्ठा क्षेत्रफलमा लगाएको तरकारी रेखदेख गर्न अहिले एक जना छन् , जनशक्ति धेरै चाहिदैन्, अनि उत्पादन पनि बाह्रै महिना लिन सकिन्छ ।

फममा अहिले तरकारी उत्पादन संगै टमाटर, बन्दागोपी, काउली, भेडेखुर्सानी, काँक्रा लगायतका बिरुवा पनि उत्पादन तथा बिक्रि बितरण हुने गरेको संचालक धितालले बताए । तरकारीको उत्पादनको कारोबार शुरु नभएपनि तरकारीको बेर्नाको कारोबार शुरु भईसकेको उनको भनाई छ । फम दर्ता गरेको करिब २ वर्षमा तरकारी उत्पादन तथा तरकारीको बेर्ना उत्पादन शुरु भएको उनले बताए ।

Advertise with us