विद्यालय र विद्यार्थीहरुको शैक्षिक सुधारका लागि अभिभावकसंग सहकार्य: प्रिन्सिपल पौडेल

खगेश्वर पौडेल
प्रिन्सिपल
शान्ती निकेतन बोडिङ स्कुल घोराही दाङ

Advertise with us

Buddha International Hospital

विद्यालयलाई पाँच प्रश्न
१). भर्ना अभियान कस्तो चल्दैछ ?
नेपाल सरकारले घोषणा गरेको यस वर्षको भर्नाको लक्ष्यलाई सहयोग पु¥याउने उद्देश्यका साथमा घरदैलो कार्यक्रम पनि संचालन गरेका थियौँ । स्कुलको लागि उमेर पुगेका वालवालिकाहरु विद्यालयमा भर्नाहुन आउने क्रम जारी छ ।


२). तपाईको विद्यालयको अरु भन्दा फरक अर्थात् राम्रो पक्ष के हो ?
सर्व प्रथम त हाम्रो विद्यालय नित्तान्त शैक्षिक क्षेत्रमा प्रोफेशनलरुपमा लागेका व्यक्तित्वहरुको लगानीमा संचालनमा भएकाले हामीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक पक्षको अलावा शारीरिक, मानसिक, सामाजिक लगाएतका पक्षहरुलाई समेत समावेश गरेका छौँ । जसका लागि खेलकुद, नृत्य लगाएतका विधाहरुलाई विद्यालयले विगत २ वर्षदेखि निरन्तर रुपमा संचालन गरिरहेको छ ।


३). पछिल्लो समयलाई सम्वोधन हुने गरी तपाई विद्यालयमा शैक्षिक क्रियाकलापलाई के कसरी प्रविधि मैत्री, आधुनिक बनाउनुभएको छ ?
शिक्षण सिकाईका विधिहरु समय सापेक्ष परिवर्तन भइरहेका हुन्छन् । अहिले शिक्षण क्रियाकलापमा प्रविधिको प्रयोग बढ्दो छ । यसैलाई मध्यनजर गरेर हामीले विद्यालयमा कक्षा नर्सरी देखि एसकेजी सम्म मल्टीमिडियाको प्रयोग गरेर बुकरहित कक्षा बनाएका छौँ भने यस वर्ष हामी कक्षा एकमा पनि मल्टीमिडियाको प्रयोग गर्दैछौं । कक्षा दुईदेखि दससम्मको लागि तालिका बनाएर प्रोजेक्टरको प्रयोग सहित अध्यन अध्यापन गरिरहेका छौं ।

४). अभिभावक र विद्यार्थीले किन रोज्ने तपाईको विद्यालय ?
हामीले संचालन गरिरहेको यस विद्यालयको व्यवस्थापन पक्ष २०७३सालको शैक्षिक सत्र पश्चात हाम्रो जिम्मामा आएको हो । तत् पश्चात हामीले ‘शिक्षासंगै संस्कार’ भन्ने मूल नारा सहित विद्यार्थीहरुलाई शिक्षासंगै सस्कारलाई पनि अगाडी बढाएका छौँ। जो अहिलेको अत्यन्त आश्यक कुराहो । हामीले यस विद्यालयमा विद्यार्थीहरुको शैक्षिक सहित अन्य पक्ष जस्तैः खेलकुद (विशेषगरी क्रिकेट), नृत्यलाई कक्षा एकदेखि ७ सम्म पिरियढ नै बनाएर नियमित रुपमा संचालन गरेका छौँ ।

विद्यार्थीहरुलाई समुदायमा घुलमिल हुन, बोलचालको व्यवहार सिकाउनका लागि समय समयमा समुदायमा आधातिर कार्यक्रमहरु संचालन गर्ने गर्छौँ ।  विद्यायमा विभिन्न किसिमका वालक्लवहरको गठनगरी लिडरसिप क्षमता र वाक कलाको विकास गर्ने प्रयास गरेका छौँ । यसरी विद्यार्थीको सर्वाङ्गिन विकासमा हामीले ध्यान पु¥याएकाले अभिभावक र विद्यार्थीहरुले हाम्रो विद्यालय नै रोज्नुपर्ने हुन्छ ।

५). विद्यालय र विद्यार्थीको शैक्षिक सुधारका लागि अबको योजना के छ ?
विद्यालय र विद्यार्थीहरुको शैक्षिक सुधारका लागि अभिभावकसंगको सहकार्यलाई सघन बनाउने, विद्यार्थीहरुको ट्रयाकिङ गर्ने, समय समयमा विज्ञहरुलाई विद्यालयमा बोलाइ परामर्श कक्षा संचालन गर्ने । सुस्त सिकाई क्षमता भएका विद्यार्थीहरुका लागि अतिरिक्त कक्षाहरु संचालन गर्ने, विद्यालयलाई अझ बढि प्रविधि मैत्रि विद्यालय बनाउने ।