तुलसीपुरमा ९ हजार बढी बेरोजगार

Advertise with us


रमा नेपाली/
तुलसीपुर १४ बैशाख ।

Advertise with us
तुलसीपुर उपमहानगरपालिकामा ९ हजार बढीले बेरोजगार फारम भरेका छन् । सरकारले बेरोजगार भत्ता प्रदान गर्न आब्हान गरेकोमा तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडा कार्यालयबाट गत चैत्र ११ देखी चैत ३० गते सम्ममा ९ हजार १ सय ६ जनाको फारम संकलन भएको हो ।

स्थानीय तहबाटै रोजगारीको अवसर प्रदान गर्ने तयारीका साथ गरिएको निवेदन संकलनमा ९ हजार १ सय ६ जनाले फारम भरेको रोजगार कार्यक्रम संयोजक भागवत घिमिरेले जानकारी दिनुभएको छ ।

Buddha International Hospital

उपमहानगरको वडा नम्बर १ मा ४ सय ५८, वडा नम्बर २ मा १ सय ७९, वडा नम्बर ३ मा ३ सय ७२, वडा नम्बर ४ मा ५ सय १०, वडा नम्बर ५ मा ४ सय ४६, वडा नम्बर ६ मा ५ सय ७५ जनाले फारम भरेका छन् ।

यस्तै वडा नम्बर ७ मा ५ सय ८५, वडा नम्बर ८ मा ६ सय १२, वडा नम्बर ९ मा सबै भन्दा धेरै ७ सय ४८, वडा नम्बर १० मा १ सय ४७ जनाले फारम भरेको संयोजक घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी, वडा नम्बर ११ मा ५ सय ७७, वडा नम्बर १२ मा ४ सय ७१, वडा नम्बर १३ मा २ सय ७४, वडा नम्बर १४ मा १ सय ५८, वडा नम्बर १५ मा ७ सय १२ वडा नम्बर १६ मा ७ सय २०, वडा नम्बर १७ मा ५ सय २५, वडा नम्बर १८ मा ६ सय ८ र वडा नम्बर १९ मा ५ सय १३ जनाले रोजगारका लागि फारम भरेका हुन् ।

पहिलो चरणमा तीन साता फारम संकलन भएकोमा फेरी बैशाख महिना भर फारम संकलनका लागि समय थप भएको छ । यहि बैशाख महिना भर सबै वडा कार्यालयहरुबाट फारम भर्न सकिने संयोजक घिमिरेले जानकारी दिनुभयो ।

केन्द्र सरकारले स्थानीय तहमा हुने पुँजीगत खर्चको १५ देखि २० प्रतिशत सम्म ज्यालामा खर्च गर्ने गरी नीति बन्न लागेको जनाएको छ । काम र रोजगारीलाई प्राथमिकता दिँदै सरकारले हरेक स्थानीय तहबाटै व्यक्तिलाई रोजगारी दिने योजना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो ।।