आकाशको ‘कुम्भ करण’ प्रदर्शनमा आउँदै

घोराही १३ बैशाख | द्ङाली कलाकार आकश पल बिगत बर्षदेखी नै चल्चित्र क्षेत्रमा तल्लिन हुनु हुन्छ | साथै दर्जनौ चल्चित्रमा अभिनय गर्नु भएका आकाश पलले अनुभवहरु बटुल्दै अहिले प्रदर्शनमा आउँदै गरेको नेपाली चल्चित्र कुम्भ करणमा आकाश पलको भूमिका दम्दार रहेको फिल्म युनिटले बताएको छ |

Buddha International Hospital

Advertise with us

बिभिन्न कारणले रिलिज हुन नसकेको फिल्म ‘कुम्भ करण’ ले पोस्टर रिलिज गर्दै प्रदर्शन मिति तय गरेको छ । फिल्मले जेठ १७ गतेबाट अल नेपाल सार्वजनिक प्रर्दशनमा आउने तयारी गरेको हो । दुई बर्ष पहिले निर्माण भई विभिन्न कारणबस प्रदर्शन हुन नसकेको फिल्म अब भने प्रदर्शनमा आउँने पक्का भएको हो ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य चार कलाकारलाई प्रस्तुत गरिएको छ । फिल्मलाई दीपक वलीले निर्देशन गरेका हुन् । ‘कुम्भ करण’ मा नीशा अधिकारी, गौरव पहारी, भोला सापकोटा, अभय बराल मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलर यसअघि नै रिलिज भइसकेको छ । क्षितिज बस्नेत र चित्रबहादुर घर्तीमगरले फिल्मलाई निर्माण गरेका हुन् ।

Advertise with us