महिला उद्यमी सम्मानित

Advertise with us


दाङ,१३ बैशाख | लामो समय देखि महिलाहरुलाई उद्यमी बनाउने काममा लागेको ग्रामिण महिला उत्थान केन्द्र अन्तरगतको आत्म निर्भर लघुवित्त वित्तिय संस्थाले घोराहीमा आयोजना गरेको कार्यक्रममा लघु उद्यम मार्फत विभिन्न पेसा व्यवसायमा लागेका महिलाहरुलाई सम्मान गरेको छ ।


Advertise with us
ग्रामिण महिला उत्थान केन्द्रकी तिर्सना चौधरीको अध्यक्षता एवम नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, पत्रकार नारायण विवश, युवा व्यवसायी मुकेश शर्मा, पत्रकार प्रेम राम्जा, घोराही खानेपानी संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Buddha International Hospital


कार्यक्रममा ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आश्मानी चौधरीले महिलाहरु अव आर्थिक समृद्धि तर्फ लाग्नुपर्ने बताइन । महिला सक्षम भए मात्रै समक्षम समाजमाको परिकल्पना गर्न सकिने उनको भनाई थियो ।


कार्यक्रममा संस्थाले उत्कृष्ट उद्यमीको रुपमा रानी दह महिला उत्थान केन्द्रकी मेनका रिजाल, एकता महिला उत्थान केन्द्रकी जानकी मगर, दिपज्योति महिला उत्थान केन्द्रकी रञ्जु चौधरी, गैरीगाउँ महिला उत्थान केन्द्रकी मालती डाँगीलाई सम्मान गरेको थियो ।
यसैगरी अभिभावक उद्यमीको रुपमा लालिगुसार महिला उद्यमी संस्थाका नुमलाल खत्रि, बंगलाचुलि २ खाराका झगलाल घर्तिमगर, ऋषिराम चौधरीलाई सम्मान गरेको थियो ।


बर्ष उत्कृष्ट भएका केन्द्रहरुमा घोराही १३ कलमघारीको अन्नपुर्ण महिला उत्थान केन्द्र, घोराही १६ बयरबटुवाको नवपालुवा महिला उत्थान केन्द्र, घोराही १५मा रहेको सगरमाथा महिला उत्थान केन्द्र, घोराही १८को स्वर्गद्धारी महिला उत्थान केन्द्र, घोराही, ४ सुनपुरको रानीदह महिला उत्थान केन्द्र, घोराही १७ गहिरा गाउँको एकता महिला उत्थान केन्द्र, घोराही ७ हनरियाको दिपज्योति महिला उत्थान केन्द्र, घोराही ५ धर्नाको गैरीगाउँ महिला उत्थान केन्द्रलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो ।

सुसिला पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण रजनी श्रेष्ठले गरेकी थिइन भने सुसिला गिरीले कार्यक्रमबारे जानकारी गराएकी थिइन ।