अग्र्यानिक खेती सिकाउदै वडा सरकार

Advertise with us

घोराही, १३ बैशाख | घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले वडाका अगुवा कृषकहरुलाई अग्र्यानिक खेती गर्ने तरीकाका बारेमा तालिम दिएको छ । वडामा रहेका करिब ३० जना अगुवा कृषकहरुलाई अग्र्यानिक खेती गर्ने विषयमा तालिम दिएको हो ।

Buddha International Hospital

Advertise with us

विभिन्न विषादीको भरमा उत्पादन हुने तरकारीले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै वडा कार्यालयले किसानहरुलाई अग्र्यानिक खेती कसरी गर्ने भन्ने बिषयमा कृषि बिज्ञहरुबाट प्रशिक्षित बनाएको हो ।

वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले खानपानबाटै स्वास्थ्यलाई कस्तो बनाउने भन्नेमा भर पर्ने बताउनुभयो । कृषिलाई आधुनिक र व्यवसायीक बनाउन अग्र्यानिक खेतीलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।

 

तरकारीमा प्रयोग गरिने विषादीले किरा मात्रै नमर्ने भन्दै उहाँले त्यसले मानब स्वास्थ्यमा समेत गम्भिर असर गर्ने भन्दै सचेत रहन सुझाब दिनुभयो । खानपानमा ध्यान दिन नसके भोलीका दिनमा लाग्ने बिभिन्न खाले रोगले फेरी आफैलाई दुःख दिने भन्दै विषादी प्रयोगलाई निरुत्साहित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कृषिबाटै परिवार सबल र सक्षम हुने भन्दै खेतीलाई विषादी रहित बनाउन आग्रह गर्नुभयो । घरमै बनाइएका बिभिन्न खाले मलहरुबाट पनि राम्रो उत्पादन गर्न सकिने भन्दै धेरै र छिटो फलाउने नाममा स्वास्थ्यलाई असर पार्ने विधिलाई छोड्न सुझाब दिनुभयो ।

अगुवा किसानहरुलाई उपमहानगरको कृषि विकास शाखाका राधा मल्ल र कमल रेग्मीले प्रशिक्षण दिनुभएको छ । वडा सदस्य ज्ञानेन्द्र बहादुर बिसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब अग्नीकुमार न्यौपानेले गर्नुभएको थियो ।।