घोराहीमा निसान र ड्याट्सनको शोरुम, गाडीका नयाँ ब्राण्ड भित्रिने क्रम बढ्दो

Advertise with us

दाङ, वैशाख १३ । दाङको बजारमा एक पछि अर्को गाडीहरु भित्रिने क्रम जारी रहेको छ । यसैक्रममा निसानले किक्स र ड्याट्सनले गो गाडी बजारमा ल्याएको छ । दाङमा सन्चालनमा आएको एन एल मोटो कोर्प प्राली घोराहीले एक कार्यक्रमको आयोजना गरेर गाडी सार्वजनिक गरेको हो ।

Buddha International Hospital

Advertise with us

उद्घाटन लगतै निसान मोटर कोर्पको किक्स गाडी बिक्री भएको छ भने निसान अनि उद्घाटनका तीनवटा गाडीहरु अग्रिम बुक भएको एन एल मोटो कोर्पका संचालक सुदर्शन गिरीले बताउनुभयो । दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले शोरुम र गाडीको उद्घाटन गर्दै दाङमा ब्राण्डेड गाडीहरु भित्रिनु जिल्लाको लागि सुखद विषय भएको बताउनुभयो । दाङका मानिसहरुमा क्रय शक्तिमा बृद्धि हुनु विकास र समृद्धिको विषय भएको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा गाडीको बारेमा जानकारी दिदै निसानका नेपालका लागि आधिकारिक विक्रेता पायनियर मोटो कर्पका सिनिएर म्यानेजर प्रशान्त उपाध्यायले ग्राहकको सजिलै मन जित्न सक्ने यी दुबै गाडीको बस्नको निम्ती खुल्ला स्पेस, कम्फोर्ट, नयाँ जमाना अनुसारको आधुनिक सिस्टम रहेको बताउनुभयो । यी गाडी आफैमा बलियो, सुरक्षित र कम आवाज रहेको उहाँको भनाई थियो । निसानको किक्स गाडी आकर्शित रहेको अहिले यस गाडीको इन्ट्री लेबलको नेपाली मुल्य रु ४७ लाख ९९ हजार रहेको छ भने टप लेबलको नेपाली मुल्य रु ५९ लाख ९९ हजार रहेको छ ।

त्यसैगरि ड्याट्सनको गो गाडीको मुल्य रु २४ लाख ९९ हजारदेखी शुरु हुने यस्का ३ वटा गो,गो ए ,गो टि मोडेलहरु बजारमा आएका छन । सुदर्शन गिरीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालको प्रमुख आतिथ्यता तथा सञ्चालक गिरीका हजुर बुवा नन्दलाल गिरीको विशिष्ठ आतिथ्यतामा शो रुमको उद्घाटन गरिएको हो । कार्यक्रममा सञ्चालक गिरीले पहिलो पटक आफु व्यवसायमा हात हालेको भन्दै सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो ।