घोराही १६ बालमैत्री वडा बन्दै, पहिलो चरणको काम सुरु

घोराही, १३ बैशाख | घोराही उपमहानगरपालिका वडा नम्बर १६ लाई बालमैत्री वडा बनाउनका लागि पहिलो चरणको क्रियाकलाप सुरुभएको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखा र वडा कार्यालयको कार्यक्रम मार्फत वडालाई बालमैत्री बनाउने पहिलो चरणको क्रियाकलाप सुरुभएको हो ।

Buddha International Hospital

Advertise with us

वडालाई बालमैत्री बनाउन सामाजिक क्षेत्रका सबै निकायका प्रतिनिधीहरुलाई अभिमुखिकरण गर्ने काम सुरुभएको छ । अभिभाबक, बालबालिका, जनप्रतिनिधी, आमा समुह, राजनितिक दल, शिक्षक, बुद्धिजिवी, स्वयसेविका, टोल विकास संस्थाका प्रतिनिधीहरुलाई बालमैत्रीका सूचकहरुका बारेमा अभिमुखिकरण कार्यक्रम सुरु गरिएको महिला बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले जानकारी दिनुभयो ।

गर्भ अबस्था देखी नै बच्चाको अधिकार सुनिश्चित गराउन सबैलाई अभिमुखिकरण कार्यक्रम थालिएको छ । मातृशिशु स्वास्थ्य सँगै जन्मीसकेपछि बच्चाले उमेर अनुसार पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्न सामाजिक क्षेत्रले निभाउनु पर्ने भुमिकाका बारेमा सरोकारवालाहरुलाई प्रशिक्षण समेत थालिएको छ ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सामाजिक चेतनाको विकासले मात्रै दिगो विकास संबृद्धी हुने बताउनुभयो । बच्चामा गरिने लगानी नै भोलीको सुन्दर भविष्य भएको भन्दै उहाँले भौतिक विकासका लागि पहिले सामाजिक चेतनाको विकास अपरिहार्य हुने बताउनुभयो ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले बालमैत्री शासन व्यवस्थाका लागि सामाजिक क्षेत्रको चासो महत्वपूर्ण हुने बताउनुभयो । बाल अधिकारलाई सुरक्षित गर्दै सबैको सहयोग र समन्वयले मात्रै बालमैत्री समाज बनाउन सकिने बताउनुभयो ।

वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले बालमैत्री वडा बनाउनका लागि व्यहार र सोच पनि बालमैत्री बन्न आबस्यक रहेको बताउनुभयो ।

वडा सदस्य खिमाकुमारी घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

Advertise with us