टिप्परको ठक्करबाट एकजनाको मृत्यु

प्यूठान बैशाख १३ । टिप्परको ठक्करबाट प्यूठानमा  एक जनाको मृत्यु भएको छ। जिल्लाकाे प्यूठान नगरपालिका ४ विजुवार हिजाे साँझ रा १ ख १९७१ नम्बरको टिप्परले ठक्कर दिँदा कालिकास्थान निवासी ४७ वर्षिय कृष्णबहादुर योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।

Buddha International Hospital

Advertise with us

बाग्दुला बजारमा पैदल हिडिरहेका सयमा टिप्परकाे ठक्करबाट घाइते याेगीकाे जिल्ला अस्पताल विजुवारमा उपचार गर्दागर्दै  मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्यूठान अस्पतालमा राखिएको छ। ठक्कर दिने टिप्पर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ। तीब्र गतिमा गुड्ने टिप्परका कारण बजार क्षेत्रमा जोखिम बढेको छ।

Advertise with us