नारायणपुर कुलो सिंचाइ योजना अलपत्र, आयोजना सकियो पानी चलेन

Advertise with us

देउखुरी, मंसिर । दाङको देउखुरी स्थित नारायणपुर प्रगन्ना सिंचाइ प्रणाली अन्तरगर्तको नारायणपुर नहर अलपत्र परेको छ । २०५८ सालबाट शुरु भएको सिंचाइ योजना २०६२ सालमा सम्पन्न भएपनि नहरमा पानी चल्न नसकेपछि करौडौ खर्र्चेर निर्माण गरिएको कुलोसिंचाइ योजना अलपत्र परेको हो ।

Buddha International Hospital

Advertise with us

दाङ देउखुरी स्थित राप्ती गाउँपालिका कालापानी हुंदै राप्ती नदीको पानी लमही नगरपालिका नारायणपुर सम्म ल्याउने भनिएपनि अहिले कुलोमा पानी चल्न सकेको छैन । १३ दशमलव ७५ किलोमिटरको उक्त कुलोमा अहिले पाँच किलोमिटर दुरीसम्म मात्रै पानी आउने गरेको छ ।


उत्तरी भुभागकोबाट ल्याएको उक्त नहरले देउखुरी क्षेत्रका दुइवटा स्थानीय तहका पाँचसय ५० हेक्टर जमिन सिंन्चित गर्ने प्रगन्ना तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालय लमहीका प्रमुख प्रेमलाल लासिवाले जानकारी दिनुभयो । यस आर्थिक बर्ष देखि आफुहरुले हेर्ने गरि जिम्मेवारी पाएको भन्दै उहाँले नारायणपुर कुलो सिुंचाइ योजना पुर्ण गर्न अझै १४ देखि १५ करोडको बजेट आवश्यक पर्ने बताउनु्भयो । हामीले स्थलगत अध्यन गरेर प्राविधिक रीपोर्ट प्रदेश सरकारलाई वुझाउँछौ,बहुवर्षिय योजनामा सव्किृतको लागि आग्रह गछौ लासिवाले भन्नुभयो ।

सामान्य मर्मत गर्नको लागि यस बर्ष जम्मा २० लाख रुपियाँ विनियोजन गरेको जानकारी दिदै उहाँले उक्त रकमबाट पुरिएको नहरलाई सोर्नको लागि प्रयोग गर्ने जानकारी दिनुभयो । कुबेत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त कुलो सिंचाइ योजना सिंङगेको गोजुवा खोलाको डुँड आवश्यकता भन्दा अग्लो भएपछि पानी चढ्न नसक्दा पानी चल्न नसकेको हो । यसका साथै बर्षातको समयमा चुरेबाट बग्ने भेलले नहर पुरेपछि नारायणपुर कुलो सिंचाई योजना स्थानीयका लागि सपना जस्तै भएको छ ।

स्थानीयहरुले आफ्नै नजिकै रहेको कुलोमा बसेर खेतिपातीको समयमा आकाशेपानीको भरपर्नुपरेको बताएका छन् । आवश्यकता अनुसार श्रमदान गर्ने,रकम जम्मा गर्ने र जग्गा समेत कुलोलाई उपलव्ध गराउँदा कुलोमा पानी नचल्दा स्थानीयपनि चिन्तित बनेका छन् । श्रमदान पनि ग¥यौ,पैसा पनि उठायौ, जग्गा काटेर कुलोलाई दियौ कुलोमा पानी नआउँदा ज्यादै दुख लागेको छ,स्थानिय रकुन्द्र भण्डारीले भन्नुभयो । नारायणपुर सिंचाईनहर उप समितिका लक्ष्मणपवन शर्माले सामान्य रकम खर्चेर पानी चल्न सक्ने अवस्था रहेको बताउनुभयो । सामान्य सोरसार पार्नेहो भने कुलो चल्न सक्छ,यसमा धेरैको ध्यान नपुगेकै हो शर्माले भन्नुभयो ।

कच्ची नहर हुंदा बर्षातको समयमा डिल भत्केर कुलोमा खस्ने र पुरिने सम्भावना रहेपनि हिउँदाको समयमा सुन्डवरी सम्म नहर चल्न सक्ने देखिन्छ । निर्माण सम्पन्न भएको दुइबर्ष सुन्डवरी सम्म कुलो चलेको थियो ।