दाङमा औलो रोगको जोखिम कायमै

दाङ, १२ वैशाख | घट्दो दरमा रहेको औलो रोगको संक्रमण आयातित घटनाले भने जोखिम कायमै राखेको छ । लामो समय देखि औलो रोगको संक्रमण दर घट्दो मात्रामा छ, तर भारत लगाएत बाह्य देशबाट भित्रिने नागरिकहरुमा यो रोगको संक्रमण बढि देखिएको तथ्यांकले बताउछ ।

Blog Post Ad

Blog Post Ad

दाङमा चालु आर्थिक वर्षमा ८ जनालाई औलो रोगको संक्रमण देखिएको छ । त्यसमध्य ६ जना भारतबाट आएका ब्यक्तिमा यो रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताउछ । संक्रमितहरु तुलसीपुरका पाँच, राप्तीका ५ र बबई गाउँपालिकाका १ जना छन् ।

‘स्थानीय रुपमा संक्रमण सुरु हुने र देशबाहिर गएका ब्यक्तिहरुले त्यहाँबाट लिएर आउने संक्रमण गरेर दुई प्रकारको संक्रमण छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका कमल चन्दले भन्नुभयो, ‘स्थानीय रुपमा हुने संक्रमणमा कमि आएको छ, तर विभिन्न कारणले भारत लगाएतका विभिन्न देशमा गएका फर्किने ब्यक्तिहरुमा यो बढि संक्रमण देखिएको छ ।’

आर्थिक वर्ष ७३÷७४ मा ३४ जनामा देखिएको मध्य ३१ जना देशबाहिरबाट आएकाहरुमा औलोको संक्रमण छ । गत वर्ष २०७४÷७५ मा २७ जनामा औलोको संक्रमण छ । त्यसमध्य २४ जना बाहिरबाट आएका ब्यक्तिहरु रहेको चन्दले बताउनुभयो ।

औलो लागेर सन् २०१२ देखि कुनै पनि विरामीको मृत्यु नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले बताउनुभयो । सन् २०१२ मा तत्कालिन घोराही नगरपालिका औलोको उच्च जोखिम क्षेत्र पर्ने गथ्र्यो । यस विचमा भएका विभिन्न कार्यक्रमहरुका कारण जोखिम क्षेत्र खुम्चिएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार अहिले बबई गाउँपालिकाको वडा नं. ५ र ७, राप्ती गाउँपालिकाको ९, शान्तिनगर गाउँपालिकाको ६ र तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १३ मध्यम जोखिम क्षेत्रको रुपमा तोकिएको छ ।

यी जोखिम क्षेत्रमा सचेतनामुलक कार्यक्रम गर्ने, सुपानेट झुल वितरण गर्ने लगाएतका कार्यक्रम छन् । ‘जोखिमको हिसावले जिल्ला नै जोखिमपुर्ण हो, तर पछिल्लो कार्यक्रम अनुसार केहि सुधार देखिएको छ ।’ प्रमुख पण्डितले भन्नुभयो, ‘एउटा मात्र विरामी देखियो भने त्यो क्षेत्र नै जोखिमपुर्ण क्षेत्रको रुपमा देखापर्छ ।’ सरकारले सन् २०२६ सम्म औलो नियन्त्रण गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *