युवा व्यवसायीद्वारा सिकलसेल पीडितलाई शैक्षिक सामाग्री सह्योग

घोराही १२ बैशाख। अभीभावक्तव ग्रहण गरेका एक युवाले सिकल्सेलका बिरामीहरुलाई सहयोग गर्नु भएको छ । घोराही १६ सर्रा निवासी प्रवीण कुमार भण्डारीले घोराही १७ चौघेरामा रहेका सिकल्सेलका पीडितहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।

Buddha International Hospital

Advertise with us

एकै घरका चारजनालाई देखा परेको सिकल्सेल एनोमिया रोगबाट ग्रसित भएका तीनजना बालबलिका तथा एक महिलालाई तिरूपाते निर्माण सेवाका सञ्चालक प्रवीण कुमार भण्डारीले तीनजना सिकलसेलका बिरामीहरुको पठन-पाठनका लागि किताब,कापी अनि पेन्सिलहरु सह्योग गर्नु भएको हो |

विगतका दिन देखि नै सामाजीक सेवामा तत्पर रहेका युवा व्यवसायीले आफूले सीकल्सेलका बिरामीहरुलाई सहयोग गर्न पाउँदा खुसी अनुभूति गरेको बताउनु भयो । केही दिन अघि मात्र युवा व्यवसायी भण्डारीले आफ्नो जन्मदिनको अवसरमा पीडितहरुलाई स्कुलको ड्रेस,जुत्ता ,स्कुल ब्याग, शैक्षिक सामाग्री तथा फल्फुलहरु बितरण गर्नु भएको थियो | उहाले सिकलसेल एनिमियादेखी ग्रसित पीडित परिवारलाई पढाई खर्च देखी लिएर औसधी खर्चहरु पनि आवश्यक परे सह्योग् गर्ने अभिभावकत्व ग्रहण गरेका भण्डारीले बताउनु भयो |

घोराही उपमहानगरपालिका १७ चौघेराका एकै परिवारका चार जनालाई सिकलसेल भएको छ । २५ बर्षीया कमला चौधरी र उनका छोरीहरु १० बर्षीया सम्झना, ८ बर्षीया माधवा र ६ बर्षीय छोरा गोविन्दलाई सिकलसेल भएको हो ।दुई बर्षदेखि समस्या भए पनि गत बैशाखमा मात्रै रोग पहिचान भएको थियो । श्रीमान् छेदु चौधरी मात्रै रोगबाट बचेका छन् । छेदु र सिकलसेल पिडित कमलाले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् |

दाङ जिल्लामा १ सय ६९ सिकलसेलका बिरामी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. रामप्रसाद प्याकुरेलले बताएका छन् । जिल्लामा तीन महिनादेखि औषधी अभाव रहेको छ  |

औषधी नभएका कारण बिरामीले तीन महिनादेखि सेवन गर्न पाएका थिएनन् । सिकलसेलका विरामीहरुले तीन महिना देखी आईरन चक्कि खाएर जीवन निर्वाह गरीरहेका थिए ।

Advertise with us