दुर्गम बस्तीमा क्षयरोग दिवस

 

Buddha International Hospital

देउखुरी, मंसिर | लमही नगरपालिका वडा नम्बर ९ कोल्तरामा होमलाल कुमालको घर पर्छ । कुमाल मुलखोला सामुदायिक वनका अध्यक्ष पनि हुनुहुन्छ । तर, कुमाललाई क्षयरोग भनेको के हो, कसरी यो रोग अरु माथि सर्छ, यो रोग लागेपछि र यो रोगबाट बच्नका तिम्ती थाहा थिएन ।

Advertise with us

लमही नगरपालिकाले क्षयरोग एक दिने अभिकुदिकरण कार्यक्रम कोल्तारा गाउँमा पठाएपछि बल्ल थाहा भयो । क्षयरोग सम्बन्धि कार्यक्रम यो कोल्तरा गाउँमा पहिलोपटक नै आएको हो, कुमालले भन्नुभयो । कुमाल जस्तै सोही ठाउँ लमही नगरपालिका वडा नम्बर २ तरुलीया निवासी कमला रामिजाललाई पनि क्षयरोगको बारेमा अनविज्ञ हुनुहुन्छ ।

क्षयरोग सम्बन्धि कुनै ज्ञान थिएन, अहिले यो कार्यक्रममा सहभागि हुन पाउँदा प्रष्ट भए, कमलारामिजालले भन्नुभयो । तरूलिय निवासि, हाल कोल्तारामा कोठाभाडा लिएर बसेकी रामिजाल । पहिलो पटक थाहाँ भएको छ, क्षयरोग रोग छ भनेर, स्वास्थ्य सेवाबाट निकै बञ्चित छौँ, दर्गम गाउँमा बस्छौ, यो रोगको नाम पनि सुनेकि थिएन । गाउँमा प्राय यी र यस्ता रोगको बारेमा कसैलाई पनि थाहा छैन, कमलारामिजालले भन्नुभयो । आजै कार्यक्रममा सबैलाई थाहा भयो ।

लमही नगरपालिकाको आर्थिक सहयोगमा र नेपाल क्षयरोग निवारण संस्था घोराही दाङ शाखाको आयोजनामा लमही नगरपालिका वडा नम्बर ९ प्रा.वि भ्यूसनपुर कोल्तरामा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ६५ औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसरमो क्षयरोग विरूद्व जागरुक बनाउने हाम्रो भावना, क्षयरोग विनाको संसार देख्ने हाम्रो चाहाना मुल नाराका कोल्तरा गाउँ जुन स्वास्थ्य सेवाबाट निकै बञ्चिर रहेको बस्तीमा बुधवार सम्पन्न भएको छ ।

यस्तै कार्यक्राममा उद्घाटन गर्दै लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले ग्रामिण भेगका अधिकाश मानिसलाई क्षयरोग के हो भन्ने समेत थाह नहुदा र उपचार गर्न नजाने गर्नाले पनि अकालमा ज्यान गुमाउनु परेको बताईंन । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको बेल्वासेले शुरु शुरुमा यो रोग अत्यन्तै डरलाग्दो र भयाभह भएको भए पनि पछिल्लो क्रममा यसलाई रोकथाम गर्न र निर्मुल पार्न दात्री निकायको सहयोग पनि रहेको छ जसले गर्दा नियमित औषधि सेवन गरे यो रोग निको हुने बताईंन ।

लमही नगरपालिकाको आर्थिक सहयोगमा र जिल्लामै पहिलो दुर्गम गाउँमा क्षयरोग कार्यक्रमको आयोजना गरिएको हो । क्षयरोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम, क्षयरोग के हो, यो किसिमको रोग हो, कसरी लाग्छ, किन लाग्छ, बच्नको लागि उपाएहरू, क्षयरोग सम्बन्धि जनचेतनामुलक, प्रशिक्षण कार्यक्रम हो, क्षयरोग कार्यक्रमका प्रशिक्षक तथा नेपाल क्षयरोग निवारण संस्था घोराही दाङ शाखाका सदस्य विष्ण पुनले बताउनुभयो ।

जन्मेदेखि वृद्ध सम्म र खासरी १५ देखि ४९ वर्ष सम्मकालाई बढि क्षयरोगले आक्रमण गर्ने गर्छ, । विकट बस्तिहरूमा स्वास्थ सेवाहरूको पहुँच पु¥याउने कोल्तरा गाउँमा यो पहिलो जनप्रतिनिधिहरु हुन्, स्थानियहरुले भने । २०१० सालमा स्थापना भएको नेपाल क्षयरोग निवारण संस्था ३८ वटा जिल्लामा शाखा गठन गरिएको छ र, २०६३ सालमा दाङमा यस्को शाखा विस्तार भएको हो, नेपाल क्षयरोग निवारण संस्था घोराही दाङ शाखाका सचिव लालबहादुर आर्सिले बताउनुभयो । क्षयरोगले आतंक मच्चाएको छ ।

यसलाई कसरी निर्मुल पार्न सकिन्छ, हाम्रो मुख्य उद्देश्य भनेकै नै यही हो, नेपाल क्षयरोग निवारण संस्था घोराही दाङ शाखाका सभापति खिमलाल डाँगिले भन्नुभयो । क्षयरोग दिवस र विश्व क्षयरोग दिवस वर्षमा दुई पटक मनाउँदै आईरहेको डाँगिले बताउनुभयो कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ९ का वडासदस्य खिमबहादुर योगि, प्रा.वि भ्यूसनपुरका प्राध्यानध्यापक ओमप्रकाश बस्नेत, अस्थाई प्रहरी पोष्टका प्रहरी प्रमुख दत्त रसाईली लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण नेपाल क्षयरोग निवारण संस्था घोराही दाङ शाखाका सचिव लालबहादुर आर्सिले गर्नु भएको थियो ।

Advertise with us