बिनाशकारी भुकम्पको ४ वर्ष पुरा

मनमष्तिष्कमा अझै त्रास

Advertise with us

 

दाङ, १२ बैशाख ।

बिसं २०७२ को बैशाख १२ को भुकम्पको त्रास हाम्रो मनमष्तिष्कमा अझै कसैकसै रुपमा बसेकै छ । घरबाहिर गाडी दौडदा घर केही हल्लिएको अनुभव भएमा मात्रै पनि त्रासले हामीलाई अताल्लीन बाध्य पार्न छाडेको छैन । लडेको धरहरा उस्तै छ तर भुकम्प गएको भने आज ४ बर्ष पुरा भएको छ ।

Buddha International Hospital
Advertise with us

हजारौंको ज्यान लिने गरि आएको त्यस महाभुकम्प अनि पराकम्पमा प्रकृतीसंग मानव संरचनाहरुले घुँडा टेकेका थिए अनि मानवको समबन्ध र आँक घरका तल्ला हैन मनको सन्तोकले गरेको थियो । अहिले केवल ४ वर्ष पनि नभइकन पून उस्तै संरचना अनि निर्माणको बेथिती देख्दा भने हामीले कति सजिलै अनि छिटै महाभुकम्पलाई भुल्यौं भन्ने पनि भान हुन्छ ।

भुकम्पको नाश, बियोग अनि ज्ञान सबैकुरालाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी देखिन्छ ।

दरबार स्क्यावरहरु अझै पनि निर्माणकै क्रममा छन् भने काष्ठमण्डप अब कहिले ठडिएला भन्ने प्रश्न सबैको मनमा छ । बिसं २०७२ को भुकम्पले केवल संरचना मात्र बिगारेन तर हाम्रो पहिचान अनि एतिहासिक धरोहरलाई पनि उत्तिकै नाश गरेको छ । काष्टमण्डप जसको नामवाट काठमाडौं शहर रहन गयो त्यही संरचनानै एकपलमा धुलोपीठो बनाएको भुकम्पले धरहरालाई पनि ढालेको थियो । काष्ठमण्डप अनि धरहरा बिनाको बुचो राजधानी आजसम्म पनि शहरवासीसंग आफ्ना पहिचान र मौलिकताको धरोहरको पूर्ननिर्माणको आशामा छन् ।

नेपाल भुकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो, बुधबार मात्रै ५ दशमलव ४ रेक्टर स्केलको फेरी भुकम्प गएको छ , जसले गर्दा भुकम्पको त्रास अझै पनि मनमा छ । भुकम्पीय जोखिमको उच्चता भएपनि जोखिम न्यूनीकरणका लागी भने खासै पहल भएको पाँईदैन् । भुकम्प कुनै जनाऊ दिएर आँउदैन् तसर्थ अबका दिनमा भुकम्पीय बिनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाई अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।

अब यस वर्ष भने धरहरा लगायत एतिहासिक संरचनाले स्वरुप पाउन । प्रकृतीसंग सामना गर्न नसकेतापनि आउने जोखिम न्यूनिकरणका लागि सबैजना सचेत हुन सकौं । यसअघि ९० सालको भुकम्पका कथाहरु अब ७२ सालका कथाहरुले प्रतिस्थापीत गरेको छ, स्मरण रहोस् जमिनमुनीका प्लेटहरुको चलायमानताका कारणले आँउदा पुस्ताले पनि भुकम्पको जोखिम सहन गर्नै पर्ने छ । भुकम्पलाई टार्न नसकेपनि यसको जोखिम न्यूनिकरणका लागि सबैजना लागि परौं, आजको दिनमा ति ज्ञात अज्ञात मृतआत्माहरुलाई पनि श्रद्धासुमन अर्पण गर्न चाह्यौं जसले भुकम्पमा ज्यान गुमाउनु भयो । बैशाख १२ बिसं २०७२ को संझना ।