महिला जेसिजले गर्‍यो नागरिक सचेतना कार्यक्रम

Advertise with us

रीता लामा
घोराही, ११ वैशाख । दाङ महिला जेसिजले सुरू गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधवार नागरिक सुरक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।


Advertise with us
महिला जेसिजकि अध्यक्ष रेखा शर्मामको अध्यक्षता एवम जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुख वेलबहादुर पाण्डेको प्रमुख आतिथ्यता एवम नागरिक समाज दाङका संयोजक चन्द्रराज शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Buddha International Hospital

कार्यत्रममा महिला अधिकारकर्मि एवम नागरिक समाज दाङकि सचिव लक्ष्मी आचार्यले नागरिक सुरक्षा सम्वन्धी अवधारणा पत्र प्रस्तुत गरेकि थिइन ।


अवधारणा प्रस्तुत गर्दै अधिकारकर्मी आचार्यले व्यक्तिहरू सडक, कार्यस्थलमा असुरक्षित रहेको, स्वास्थ्य सुरक्षा नपाएको, महिला भएकै कारण विभिन्न विभेद यौनजन्य हिंसा भोग्नु परेको बताइन । यस्तै नागरिक र प्रहरी बीचको सम्न्वय नहुदाँ तल्लो वर्गका नागरिकहरू सुरक्षाको पहुँचसम्म पुग्न नसकेको बताइन । अहिले सिमित व्यक्ति, राजनीतिक प्रभावमा सुरक्षा चुनौती रहेको बताइन् । दण्डहिनताले झन बढी नागरि असुरक्षित बनेको उनको धारणा थियो ।


कार्यक्रममा बोल्ने अन्य वक्तमाहरुले राज्यको तर्फबाट कानुनको सहि कार्यान्वयन भए नागरिकहरुले असुरक्षाको महसुस गर्नु नपर्ने बताएका थिए । नागरिक सुरक्षाको विषयमा प्रभावकारी मुल्याङ्कन, सुरक्षा सुधारमा जोड दिनु आवश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा महिला जेसिजको पुर्व अध्यक्ष सुसिला पौडेल, हरप्लेसका कार्यक्रम संयोजक विनोद केसी, पत्रकार नविन अभिलासी, साहित्यका डा.लोकराज पराजुली, माया पोखरेल लगायतले आआफनो धारणा राखेका थिए ।


नागरिक सुरक्षा कार्यक्रमकी संयोजक बसन्ती सुवेदीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण महासचिव अनिता ढकालले गरेकी थिइन । भने कार्यक्रमबारे जानकारी उपाध्यक्ष जिबा भुसालले गराएकी थिइन ।