प्रथम दुधेना कप फुटबल हुने

Advertise with us

 दाङ , मंसीर । दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । दुधेना फुटबल क्लब तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को आयोजनामा संचालन गरिन लागेको जिल्ला स्तरिय खुला फुटबल प्रतियोगिता यहि मंसिर २२ गते देखी सुरु हुनेछ ।

Buddha International Hospital

Advertise with us

तुलसीपुर ८ दुधेनामा रहेको गौरीचौर खेल मैदानको व्यवस्थापन तथा ग्रामीण स्तरमा खेलकुदको अभिवृद्धी संगै नयाँ पिढीलाई फुटबल खेलमा स्थापीत गर्ने उदेश्यका साथ गौरी चौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापीत डेढ दर्जन फुटबल क्लबहरुको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष प्रकास वि.क.ले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ५० हजार, ट्रफी मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतिय स्थान हात पार्ने टिमले क्रमशः नगद २५ र १५ हजार ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष वि.क ले बताउनु भयो । त्यस्तै प्रतियोगिता उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी मध्य उत्कृष्ट गोल रक्षक, डिफेन्स, मिडफील्ड, फरवार्ड, र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैविच आयोजक क्लबका अध्यक्ष प्रकास वि.क.र सचिव चुडामणी बस्यालले प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन तयारीलाई तिव्र पारिएको बताउनु भएको छ । जस अनुसार प्रचार प्रसार, खेलमैदान मर्मत, आर्थिक व्यवस्थापन, टिम दर्ता लगाएतका काम जारी रहेको छ ।