काठमाडौंमा शक्तिशाली भूकम्प

Advertise with us

काठमाडौं । काठमाडौँमा आज बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । करिब साढे ६ बजे भूकम्पको धक्का महसुस गरिएको हो । त्यसको झण्डै १५ मिनेटपछि अर्काे झट्का गएको थियो ।

Buddha International Hospital

Advertise with us

धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पका कारण काठमाडौंबासी सडकमा निस्किएका छन् ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।