दाङमा अबैध कपडा सहित भारतीय नागरिक पक्राउ

दाङ, ११ वैशाख | दाङमा अबैध कपडासहित ८ जना भारतीय नागरिक पक्राउ परेका छन् । व्यवसाय दर्ता नै नगरेर राज्यलाई कर छलेको र स्थानीय ब्यापारीलाई घाटा हुने काम गरेको भन्दै भारतीय घुम्ती ब्यापारीलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको हो ।

Buddha International Hospital

Advertise with us

तन्ना, ब्ल्यान्केट, गलैचा,कुर्ता सुरुवाल गरि १ सय १४ थान काचो कपडा सहित आठ जना भारतिय नागरिकहरु पक्राउ परेको प्रहरीले जनाएको छ । घुमन्ते ब्यापारीले काचा कपडाहरु भारतिय बजारबाट ल्याएको र कैलाली नेपालगन्जका विभिन्न कपडा पसलका नाममा बिल बनाएर ल्याएका छन् ।

सस्तो मुल्यमा नक्कली सामान बेच्ने,प्रायजसो गाउँ केन्द्रित हुने गर्दा व्यवसायी मारमा परेको देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताउनुभयो ।