जनशक्ति अभावले काममा ढिलाई भयो ः खड्का

Advertise with us

तुलसीपुर, ११ बैशाख | तुलसीपुर मालपोत कार्यालयका प्रमुख नरेशकुमार खड्काले जनशक्ति अभावका कारण सेवा प्रभाकारी हुन नसकेको बताउनुभएको छ । प्रमुख खड्काले तत्काल जनशक्ति पूर्ति गरेर अनलाईन सेवा प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता जनाउनुभएको छ ।

Buddha International Hospital

Advertise with us

कार्यालयमा तीन जना कार्यालय सहयोगी सहित १२ जना कर्मचारी मात्रै भएको भन्दै उहाँले कम्तीमा २१ जना कर्मचारी आवश्यक पर्ने बताउनुभयो । दैनिक जसो सेवाग्राहीको चाप बढ्दै गएको मालपोत कार्यालय तुलसीपुरमा पछिल्लो समय अनलाईन सेवा शुरु भएसंगै कर्मचारीले दोहोरो काम गर्नुपरेकोले झनै काममा ढिला हुन गएको उहाँले स्विकार गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका सहित बवई ,दंगिशरण र शान्तीनगर गाउँपालिकाको कार्यक्षेत्र रहेको मालपोत कार्यालय तुलसीपुरमा अनलाईन सेवा शु्रु भएपछि दैनिक कम्तीमा पचास लिखत पास गर्ने गरेको उहाँले बताउनुभयो ।

जनशक्ति व्यवस्थापन, कार्यालयको भौतिक संरचना लगायतका आवश्यक पूर्वाधारबिना नै अनलाईन सेवा शुरु भएको स्विकार गर्दै प्रमुख खड्काले सेवा शुरु गर्नुभन्दा एकदिन अघि मात्रै जानकारी पाएको बताउनुभयो । कार्यालयमा टोकन सिस्टम लागु गरिएको भएपनि अझैै व्यवस्थीत नहुँदा छिटो—छरितो सेवा पाउन नसकेको सेवाग्राहीले गुणासो गर्ने गरेका छन् ।