दाङमा करणी गरेको अभियोगमा एक जना पक्राउ

Advertise with us

घोराही, १० बैशाख | दाङमा प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ की ११ बर्षिया बालिकालाई घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४४ बर्षिय ऋषिराम आचार्यले जवरजस्ती करणि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

Buddha International Hospital

Advertise with us

आचार्यले २०७५ असोज देखि फाल्गुन महिना सम्म बिभिन्न मितिमा जवरजस्ती करणी गरेको भनि बालिकाका दिदीले हिजो प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले आचार्यलाई जवरजस्ती करणी सम्वन्धि मुद्दा दर्ता गरी दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैरहेको जनाएको छ ।

यसैबिच घोराहीमा लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । घोराही १६ लेटारका २७ बर्षिय खिमबहादुर घर्तीलाई २ ग्राम ६०० मिलीग्राम तौलको ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो । घर्तीलाई पनि अदालतबाट ५ दिनेको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता डिएसपी विनोद बिक्रम शाहले जानकारी दिएका छन ।