जेसिजको साप्ताहिक कार्यक्रम, घैटा फोड प्रतियोगिता सम्पन्न

घोराही, १० बैशाख । नेपाल महिला जेसिजले घैटोफोर प्रतियोगीता कार्यक्रमको आयोजना गरेको छ । दाङ महिला जेसीजको सप्ताहाव्यापि कार्यक्रम अन्र्तगत घैटोफोर प्रतियोगीता कार्यक्रमको आयोजना गरेको हो ।

Buddha International Hospital


Advertise with us
दाङ महिला जेशिजकी अध्यक्ष रेखा शर्माको अध्याक्षता एवम खेलकुद विकाश समितिका कोषाध्यक्ष कैलाश रोकाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रोकाले यस्ता खेलहरुले समय समयमा भैरहनुपर्ने बताए । सबैलाई समेटेर खेललाई प्राथमिकता दिनु पर्ने उनको भनाई थियो । खेलमा उमेरको हदबन्धि नहुने र यसले सबै उमेर समुहको लागी स्वस्थ राख्न सहयोग पुग्ने हुनाले जीवनमा खेललाइ प्राथमिकता दिन जरुरी भएको बताएका थिए ।


कार्यक्रम संयोजक बसन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मुल संयोजक जीवा भुषालले कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा कोषाध्यक्ष नमा शर्माले जेसिज आस्था पाठ गराएकी थिईन् भने कार्यक्रमको सहजीकरण दाङ महिला जेशिजकी महासचिव अनिता ढकालले गरेकी थिईन् ।


घैटोफोर प्रतियोगितामा दर्जन बढि खेलाडीहरुको सहभागीता रहेको थियो । विभिन्न कार्यक्रम गर्दै दाङ महिला जेशिजको सप्ताहाव्यापी कार्यक्रम बैसाख १४ गते शनिबार बाह्रकुने दहमा समापन गरिने मुल संयोजक जिवा भुषालले जानकारी दिएकी छिन् ।

Advertise with us