महिला क्रिकेटको उपाधी एपीएफलाई


घोराही, १० वैशाख । दाङको लमहीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको उपाधीमा एपीएफले जितेको छ । उपाधिका लागि आज प्रदेश नम्बर १ र एपीएफ बीच भएको खेलमा एपीएफले जीत निकाल्दै उपाधि हात पारेको हो । प्रदेश नम्बर १ ले एपिएफसँग ८७ रनको हार बेहोर्यौ ।


Advertise with us
टस जितेर प्रदेश नम्बर १ ले वलिङ्ग रोजेपछि एपीएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन वनायो । जसमा ज्योति पाण्डे ४५, सिताराना मगर ४२ रन जोड्नुभयो । बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३ विकेट लिनुभयो ।
१२९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको प्रदेश नम्बरले लगातार विकेट गुमाउँदा १९. ४ ओभरमा सबै विकेट गुमाउँदै ४१ रनमा समेटियो ।

Buddha International Hospital


प्रदेश १ कि रश्मि शर्मा चौलागाइ अविजित हुदै २७ रन जोड्नु बाहेक अरुले लयमा खेल्न सकेनन् । वलिङ्ग तर्फ एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २÷२ विके लिए । आजको खेलमा उत्कृष्ट खेल खेलेकी रिता राना मगर प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

यस्तै, प्रतियोगितामा वेस्ट वलर प्रदेश १ की संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ की कविता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री घोषित हुनुभयो । प्रतियोगितामा दोस्रो स्थानमा प्रदेश नम्बर १ र तेस्रो तेस्रो सुदुरपश्चिम प्रदेश भएको छ ।