बाइवल र पैसा बोकेर धर्मप्रचार गर्ने घोराहीबाट पक्राउ

Advertise with us


घोराही, १० वैशाख । बाइवल र पैसा बोकेर गाउँसहरमा विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा प्रहरीले आज घोराहीमा दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ ।


Advertise with us
घोराहीबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका छन् ।

Buddha International Hospital


उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृति विनोद विक्रम शाहले जानकारी दिए । पक्राउ परेकामध्ये तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरित धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले जानकारी दिए ।


अमेरीकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको उनले बताए । एकपटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन नपाउने उनले जानकारी दिए ।

होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि दुई जापानी महिला पनि धर्म प्रचारमा हिँडेको भेटिएपछि केरकार गरिएको र प्रमाण नभेटिएपछि छोडिएको थियो ।